
पवन प्रसाद साह/वीरगंज
हिन्दुराष्ट्र र राजसंस्था सहितको प्रजातन्त्र स्थापनाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा को सुद्विकरण समिति को (भेला) सभा सम्पन्न भएको छ।
वीरगंज स्थित घण्टाघर चौकमा भएको हिन्दुराष्ट्र र राजसंस्था सहितको प्रजातन्त्र स्थापना का लागि रा.प्र. पा.पर्सा सुद्विकरण समिति को (भेला) सभा लाइ सम्बोधन गर्दै कार्यक्रम का प्रमुख अतिथि तथा पार्टी का पुर्ब केन्द्रीय सदस्य विश्वनाथ साह तेली ले भने यो यो टेलर हो फिल्म अहिले बाकि छ र हामि ले पर्सा जिल्लाबाट सुरुवात गरेका छौ पार्टी सुद्विकरण र हिन्दुराष्ट्र र राजसंस्था सहितको प्रजातन्त्र स्थापना का निमित्त अब देश भरि नै आन्दोलन हुने दाबी गर्नु भएको थियो।
सम्बोधन कै क्रममा हिन्दुराष्ट्र र राजसंस्था सहितको प्रजातन्त्र स्थापना का लागि राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा को सुद्विकरण समिति को (भेला) सभा कार्यक्रम का अध्यक्ष बाबुलाल शर्मा ले भने पार्टी का वरिष्ठ उपाध्यक्ष भएको नाता ले पार्टी बाट हिन्दु राष्ट्र र राजसंस्था सहित को प्रजातन्त्र को लागि घण्टाघर मा कार्यक्रम गर्न पार्टी का अध्यक्ष शुमेश्वरनाथ उपाध्याय लाइ अनुरोध गर्दा उहाँ कार्यक्रम गर्न इनकार गर्दा हामि छुट्टै टिम बसि कार्यक्रम गर्न तयार गर्दा जिल्ला कार्यसमिति पार्टी बाट निस्कासित गरेतापनी हामि आज हाम्रा पार्टी का माननियहरु ले सांसद मा उठाएको हिन्दु राष्ट्र र राजसंस्था को पंक्षमा उठाएको आवाज को समर्थन गर्दै आज कार्यक्रम को आयोजना गरेको बताए।
त्यसतै सम्बोधन कै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी का पुर्ब केन्द्रीय सदस्य तथा पुर्ब जिविस पर्सा का सभापति शम्भु प्रसाद चौरसिया ले भने राजा बिनाको जन्ताटुहुरो भएको देशमा छिटै नै राजसंस्था फर्किने दाबिगर्नु भयो साथै यो गरतन्त्रको व्यवस्था नभइ लुटतन्त्र भएको जिकिर गर्नुभयो।
सम्बोधन कै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा का प्रबक्ता पृथक प्रसाद घिमिरे ले भने यो हाम्रो देस पहिला देखिनै हिन्दु राष्ट्र थियो र विदेशीहरु को इसारामा आफना स्वार्थमा को लागि लोकतन्त्र र गणतन्त्र लयाइ नेपाल लाइ धर्म निरपेक्ष गरेको थियो धर्म निरपेक्ष लगत्तै हाम्रो देसमा क्रिसचनहरु ले अहिले धेरै ठाउँमा हाबिरहेको हुनाले हिन्दु राष्ट्र को आवश्यकता रहेको बताए।
सम्बोधन कै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा का वरिष्ठ उपाध्यक्ष अवधकिसोर साह ले भने राजा को पालामा कृषि औजार कारखाना र चिनिमिल कारखानामा,जुट मिल इत्यादि सयकडौं कलकारखानाहरु संचालन मा थियो र हाम्रो देस मा कमाइ खाने भाडा बनाउनको निम्ति देश का जनताहरू लाइ ललाइ फकाइ राजाले यो गर्यो त्यो गर्यो जनताहरू को नजरमा राजा लाइ दोसी देखाउदै लोकतान्त्र , गणतन्त्र लयाइ लुटतन्त्र मचाउदै हाम्रो देसको सबै सरकारी स्वामित्वमा रहेको कलकारखानाहरु लाइ बन्द गराइ जनताहरू लाइ बेरोजगार बनाएको बताउदै देसमा हिन्दु राष्ट्र र राजसंस्था सहित प्रजातन्त्र को आवश्यकता रहेको बताए।
उक्त कार्यक्रम राष्ट्रिय प्रजातन्त्र पार्टी को पुर्ब केन्द्रीय सदस्य विश्वनाथ साह तेली को प्रमुख अतिथितत्वमा भएको कार्यक्रममा पार्टी का पुर्ब केन्द्रीय सदस्य तथा पार्टी का वरिष्ठ उपाध्यक्ष बाबुलाल शर्मा अध्यक्षतामा भएको कार्यक्रममा पार्टी का पुर्ब केन्द्रीय सदस्य तथा जिविस पर्साका पुर्व जिल्ला सभापति शम्भु प्रसाद चौरसिया, पार्टी का वरिष्ठ उपाध्यक्ष अवधकिसोर साह,पार्टी का उपाध्यक्ष राजेस कुमार गुप्ता, जिल्ला सचिव पवन प्रसाद साह, पार्टी का जिल्ला प्रबक्ता पृथक धिमिरे, क्षेत्र नं १ को क्षेत्रिय अध्यक्ष अर्जुन सिंह ठकुरी, क्षेत्र नं १(क)का अध्यक्ष बिजय पासवान,क्षेत्र नं १( ख) का प्रदेस अध्यक्ष दिपनारायण यादव, जिल्ला सदस्य उदित सहनी, बिरेन्द्र यादव ,रोसन यादव,लालमहमद अंसारी,जमुना पासवान, कल्याण बहादुर हाडा, चन्द्रि दहनी लगायतका ब्यत्किहरुको उपस्थिति रहेको थियो।




