स्ववियू निर्वाचन समितिको कार्यालय,ठाकुर राम बहुमुखी क्याम्पसमा ने.वि.संघले संगठन दर्ता गराए

वीरगंज, पर्सा

स्व.वि.यू.निर्वाचन समितिको कार्यालय,ठाकुर राम बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघले संगठन दर्ता गराएको छ।

नेपाली कांग्रेसको विधान, २०१७ को धारा ४२ र सोको नियागवली,२०७६ को अनुसूची १८ को व्यवस्था बमोजीम नेपाल विद्यार्थी संघ,नेपाली कांग्रेस पार्टीको भ्रातृ संस्था हो।

यसै सन्दर्भमा त्यहाँ स्ववियु निर्वाचित समितिको कार्यालयबाट स्ववियु निर्वाचन २०७९ को प्रयोजनार्थ संघ/संगठन समूह दर्ता आव्हान हुँदा त्यस क्याम्पसमा नाम विद्यार्थीहरुको पक्षमा अहोरात्र क्रियाशील संगठन नेपाल विद्यार्थी स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन, २०७९ को प्रत्यक्ष र समानुपातिक दुवै तर्फको निर्वाचनमा सहभागी हुन स्व.वि.यु. निर्वाचन समितिको कार्यालयमा संगठन नेपाल विद्यार्थी संघ दर्ता गराएका छन।

ठाकुर राम बहुमुखी क्याम्पसमा आगामी चैत्र ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको चुनाब नेपाल विद्यार्थी संघ पर्सा संगठन दर्ता गराएको छ। दर्ता नं १२ रहेको छ। संगठन दर्ता गराउने क्रममा नेपाली कांग्रेस पर्साका सह-सचिव नविन सिंह,नेपाल तरुण दल पर्साका अध्यक्ष बिकास तिवारी,हरिन्द्र यादव,सुरेन्द्र लामिछाने,रामनिवास यादव,ने.वि.संघ इकाई अध्यक्ष मनोज कुमार साह,ने.वि.संघ पर्साका अध्यक्ष रमेश यादव ,ठा.रा.ब.क्याम्पसका निर्वाचित सदस्य धर्मराज यादव,ने.वि.संघ पर्साका पुर्व उपाध्यक्ष शेष हजरा,बाबुनन्द पटेल,जे.पि.ठाकुर,युसुफ अहमद,ने.वि.संघ पर्साका अध्यक्ष रमेश यादव,ने.बि.सघंका विद्यार्थी नेता राहुल गुप्ताको उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close