ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियुको चुनाव स्थगित बारे नेता रोशन सिंहको आपत्ति

ठाकुरराम बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी जेठ १३ गते हुने भए पछि
ने.वि.संघका पुर्ब जिल्ला सचिब रोशन सिंहले आपत्ति जनाएका छन्।

नेता सिंहका अनुसार यहि चैत १० गते भित्र जसरी पनि चुनाव हुनु पर्छ। यदि चुनाव भएन भने यसको सम्पुर्ण जिम्मेवारी क्याम्पस प्रमुखलाई जान्छ।

विगत १५ साल देखि चुनाव नभएको ले ठाकुर राम बहुमुखी क्याम्पसको अवस्था जिर्ण हुँदै गइरहेको छ ।

त्यसैले क्याम्पसको बिकासको लागि हामी ठाकुर राम बहुमुखी क्याम्पसमा भएका सम्पुर्ण संघसंगठनहरु एक भइ स्वावियू चुनाव गराउन क्याम्पस प्रमुखलाई दबाव दिनु पर्ने बताउनु भयो।

देशभरका क्याम्पसमा चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचन ठाकुरराम बहुमुखी क्याम्पसमा भने चैत ८ गते गर्ने गरि निर्वाचन कार्यतालिका निर्वाचन समितिले फागुन २९ गते सूचना सार्वजनिक गरेको थियो।अहिके जेठ १३ गते चुनाव गर्ने क्याम्पस प्रशासन र राजनीतिक दलहरुले सहमति गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close