
बिरगंज गेटवे स्पा (शरीर मसाज) सेन्टर सञ्चालनमा ल्याइएको छ । बिरगंज गेटवे स्पाको सोमबार उद्घाटन गरिएको हो । सौन्दर्य र स्वस्थ शरीरका लागि हर्वल स्पाहरुको आवश्यकता रहेको औंल्याउँदै उनले यस्ता व्यवसायले व्यस्त मानिसहरुको जीवनलाई स्वस्थ बनाउने विश्वास व्यक्त गरे ।
बिरगंजका व्यासायी माधव बस्नेतले करिब १५ लाख रुपैयाँको लगानीमा बिरगंजको घण्टाघर चौक नजिकै बिरगंज गेटवे स्पा सेन्टर खोलेका हुन् ।
सञ्चालक मधाव बस्नेतका अनुसार हर्वल स्पामा साउना, स्टिम बाथ, ज्याकुजी थेरापीका साथै शरीर मसाजको सेवा दिइनेछ । स्पामा प्याकेज अनुसार ९९९ रुपैयाँ देखि ३ हजारसम्मको शुल्क तोकिएको छ । महिलाका लागि सोमवार र शुक्रवार विशेष प्याकेज बनाइएको सञ्चालक बस्नेतले जनाए । अहिले ५ जनाले एकै पटक मसाज गर्न सकिने र ४५ मिनेटको शूल्क ९९९ सय रुपैयाँ लाग्ने सञ्चालकले बताएका छन ।
आफ्नो प्रतिक्रिया दिनुहोस




