पर्सा वीरगंजका सम्पुर्ण राष्ट्रबादी शक्ति एक भएर राजसंस्था र हिन्दु राष्ट्र स्थापनाको लागि प्रदर्शन गर्ने

प्रसाद साह

वीरगंज/चैत ३ गते

पर्सा वीरगंजका सम्पुर्ण राष्ट्रबादी शक्ति एक भएर प्रदर्शन गर्ने भएका छन्।

सम्पुर्ण पर्सा जिल्लाका राष्ट्रबादीहरुको बैठक नेपाल राष्ट्रबाद संघ का केन्द्रिय अध्यक्ष जनकलाल शाह को अध्यक्षतामा आज बसेको बैठकले पर्सा जिल्लाको सदरमुकाम वीरगंजमा राजसंस्था र हिन्दु राष्ट्र को पंक्षमा विशाल शक्ति प्रदर्शन गर्ने बारे यहि आउदो चैत ८ गते बस्ने बैठकले निर्णय गर्ने नेपाल राष्ट्रबाद संघ का केन्द्रिय अध्यक्ष जनकलाल शाह ले जनाए।

साथै सम्पुर्ण राष्ट्रबादी राजाबादी शक्ति एक भएर पुर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र बीर बिक्रम शाह देव को अभिनन्दन कार्यक्रम यहि आउदो चैत १३ गते सुनसरी इनर्वामा भइरहेकोमा सहभागी हुने तयारी समेत भैरहेको नेपाल राष्ट्रबाद संघ का केन्द्रिय अध्यक्ष जनकलाल शाह ले जनाकारी दिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close