
वीरगञ्ज,पर्सा
भन्सार छली ल्याउदै गरेको लत्ताकपडा तथा खाद्यान्न सामाग्रीहरू बरामद भएको छ।
सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा वीरगंज महानगरपालिका भित्र ईनर्वागाउँ, नगवा र छपकैया स्थितबाट अवैध रूपमा भन्सार छली ओसार पसार गर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्सा बाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
भन्सार छली ल्याउदै गरेको लत्ताकपडा तथा खाद्यान्नबरामद गरिएका रू.५,७०,७१०।– ( पाँच लाख सत्तरी हजार सात सय दश ) रुपैयाँ बराबरको रहेको छ।
उक्त बरामद बिभिन्न किसिमका लत्ताकपडा तथा खाधान्न सामाग्रीहरू आवश्यक कारवाही को लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्सा ले जनाएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस




