मुस्लिम समुदाय द्वारा इदगाहमा नवाज पढेर अल्लाह सँग दोआ गर्दै पानीको पर्खाइमा

वीरगंज, पर्सा

मुस्लिम समुदायले वीरगंज महानगरपालिका स्थित वार्ड नं २ मा अवस्थित इदगाहमा नवाज पढेर अल्लाह सँग दोआ गर्दै पानीको लागि माँग गरेका छन्।

लामो समयको खडेरीले पिडित पर्साका किसानहरुले कतै भ्यागुताको बिहे गराएका छन् भने कतै इदगाहमा नवाज पढेर अल्लाह सँग दोआ गर्दै पानीको माग गरेका छन् ।

अल्लाह तथा भगवान इन्द्रलाई खुसी बनाउन आफ्नो धार्मिक परम्परा अनुसार पुजा पाठमा व्यस्त हुन थालेका छन्। त्यसैगरी पर्साको ठोरीमा लामो समय देखि पानी नपरेपछि भ्यागुताको बिहे‌ गराएमा पानी पर्छ भन्ने जन विश्वासका साथ स्थानीयले भ्यागुताको बिहे गराएका छन् ।

लगातारको खडेरीले बालीनाली सुक्दै गएको र अत्याधिक गर्मी बढेपछी स्थानियले धुमधामका साथ आज बुधबार इदगाहमा नेवाज पढेर अल्लाह सँग दोआ गर्दै पानि माँग गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close