वीरगंज वार्ड नं १ का वडा अध्यक्ष कुर्मीले बिकास निर्माण कार्य गर्न खोजदा पनि वडा सदस्यले बिकास गर्न नदिएको कुर्मीको भनाइ

वीरगंज, पर्सा

वीरगंज महानगरपालिका वडा नं १ का‌ वडा अध्यक्ष मनोज राउत कुर्मीले वडामा बिकास गर्न खोजदा पनि बिकास गर्न नदिएको बताएका छन्।

वीरगंज महानगरपालिका वडा नं १ स्थित लक्ष्मीनारायण मन्दिर प्राङ्गणमा भएको विकासको कार्यमा छलफल सुझाव दिने सम्बन्धमा राखेको कार्यक्रममा वडा अध्यक्ष मनोज राउत कुर्मीले भने म वडामा बिकास गर्न खोज्दा पनि बिकास गर्न वडा सदस्यहरू नदिएको जानकारी गराए।

साथै वडा अध्यक्ष लगायत सदस्यहरू जनता समाजबादी पार्टी कै निर्वाचित प्रतिनिधि हुन निर्वाचित प्रतिनिधिको वडाको बोर्ड बैठक नियमित तर्फ मात्र असोज सम्म बसेको तथा असोज पछि आज सम्म बैठक बसेको छैन वडा अध्यक्ष कुर्मीले बताए।वडा अध्यक्ष कुर्मीले बताए पछि वडा बासिले सोधे किन बसेको छैन बोर्ड बैठक र बिकास निर्माण को कार्य किन रोकिएको छ?त्यो कुरा को वडा अध्यक्ष कुर्मीले जवाफ फर्काउदै भने बोर्ड बैठक बसेको बैठकको म भत्ता लिदैन न भत्ता दिने निर्णय गर्छौ त्यहि बोर्ड बैठकको भत्ताको कुरा लिएर आज सम्म बैठक नबसेको बताए तथा त्यहि कारणले पनि बिकास निर्माणको कार्य गर्न खोज्दा वडा सदस्यहरू को बिरोधको कारण बिकास निर्माणको कार्य हुन नसकेको बताए।

त्यस्तै प्रतिनिधि सभा र प्रदेश सभा को निर्वाचनमा वडा नं १ का अध्यक्ष तथा सदस्यहरु ज.स.पा.बाट निर्वाचित भएतापनि चुनावको बेला पार्टी बिपरित वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको भतिजा रुपेशमान सिंहको लालटेन छापको झण्डा बोकदै वडा सदस्यहरू भोट मागेको म सँग प्रमाण छ भनि वडा अध्यक्ष कुर्मीले दाबि गरे लगत्तै वडा सदस्यहरू बिरोध भने हामी अरु व्यक्तिको भोट मागेका छैनौ हामी आफनो पार्टी छाता छापको भोट मागेको बताए त्यही वडा अध्यक्ष र वडा सदस्यहरू विच कुरा नमिल्दा विवाद चर्केर आज सम्म बोर्ड बैठक नबसेको र बोर्ड बैठक नबस्दा विकास निर्माणको कार्य हुन नसकेको वडा अध्यक्ष कुर्मीले बताए ।

साथै वडा अध्यक्ष कुर्मीले‌ भने म सँग कुनै किसिमको कमी छैन यो सभामा आज घोषणा गर्न चाहन्छौ कि आज देखी पाउने तलब भत्ता समेत नलिने जनकारी गराउदै भने र बिकास निर्माण कुनै किसिम कमिसन पनि नलिने र कुनै व्यक्तिलाइ कमिसन पनि नदिने जानकारी गराएका थिए।

त्यसतै बसेको विकास निर्माणको छलफल बारे बैठकमा वडा अध्यक्ष र वडा सदस्यहरू बिच कुरा नमिल्दा वडा अध्यक्षका समर्थक र वडा सदस्यहरू को समर्थक विच होहल्ला हुदै गर्दा वडा बासिहरु वडा अध्यक्ष र वडा सदस्यहरू को बिरुद्ध आ-आफ्नो भनाई राख्दै वडा बासिलाइ मुर्ख बनाएको बताउदै बैठक मै विरोध गरेका थिए र वडा बासिहरु के सोधे वडा अध्यक्ष सँग कि तपाइ चुनाव लडाद वडा एम्बुलेन्सको व्यवस्था गर्छु भनि प्रतिबद्धता गरेपनि गर्नु भएन किन त्यसको‌ जवाफ फर्काउदै वडा अध्यक्ष कुर्मीले भने म जसरि पनि बिना कमिसन को काम गर्छु कमिसन दिदैनौ न कमिसन लिन्छु न वडा सदस्यहरू लाइ कमिसन दिनछौ त्यस सर्तमा‌ बोर्ड बैठक बाट निर्णय भएपछि विकास निर्माण कार्य पनि तिब्र गतिमा हुन्छ र एम्बुलेन्सको पनि व्यवस्था हुन्छ भनि म लाइ विकास गर्न कै लागि जनताले निर्वाचित गरेको हो र म विकास नै गर्छु बिकास गर्नको लागि पछि कहिल्यै पनि हटदैनौ बैठकमा वडा अध्यक्ष कुर्मी बताएका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close