
वीरगंज,पर्सा
नेपाल व्यूटिसियन संघको चौधौं राष्ट्रिय महाधिवेशन उद्घाटन माननिय उधोग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उद्घाटन गरेका छन्।
नेपाल व्युटिसियन संघको चौथो राष्ट्रिय महाधिवेशन उद्वाटन समारोह वीरगंज स्थित नगर गृहमा कार्यक्रमका प्रमुख अतिथि माननीय उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल ले उद्वाटन गर्नुभएको हो।
अधिवेशनमा अतिथिहरुको रूपमा माननीय प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री,वीरगन्ज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमको सहभागीता थियो।
उद्वाटन समारोह कार्यक्रम भगवती खडकाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा उधोग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको प्रमुख अतिथीयतामा भएको कार्यक्रममा विशिष्ट अतिथी सांसद अजय कुमार चौरसिया,प्रदेश सभा सदस्य जर्नादन सिंह क्षेत्री,प्रदेश सभा सदस्य शंकर चौधरी,अतिथि नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी,नेपाली कांग्रेस पर्साका सचीव तथा वीरगंज महानगरपालिका का उप-प्रमुख इम्तियाज आलम,प्रदेश सभा सदस्य श्याम पटेल,महेन्द्र प्रसाद यादव,अजय कुमार राई, पर्सा निर्वाचन क्षेत्र नं.२ का सभापति महमद साबुदिन,जगरनाथपुर गाउपालिकाका प्रमुख श्रीकान्त यादव,नेपाली कांग्रेस पर्साका सह-सचिव नवीन सिंह,नेपाली कांग्रेस पर्साका नेता शंकर चौधरी,प्रधुमन चौहान,मनोज यादव,वि.पि.कोइराला फाउण्डेनका अध्यक्ष धिरज कुमार गुप्ता,नेपाल तरुण दल पर्साका अध्यक्ष बिकाश तिवारी,धर्मराज यादव,ने.वि.संघ पर्साका अध्यक्ष रमेश यादव,वीरगंज महानगरपालिकाका उप-प्रमुखका स्वाकिय सचिव शेष हजरा,राहुल गुप्ता लगायतको उपस्थित थियो।
सो उद्घाटन कार्यक्रम नेपाली कांग्रेस पर्साका सचीव तथा बिरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलम आफ्नो मन्तव्य राख्दै भने नेपाली कांग्रेसको ट्रेड युनियन नेपाल व्युटिसियन संघले सधै सहयोग गरेकै हो चुनावमा सहयोग गरेकै हो र हामी नेपाली कांग्रेस नै हो बुझनु पर्छ बताउदै हामी सँग पनि केहि गल्ति भएका होला हामी सँगै मिलेर अगाडि बढौ भनि बताएका थिए।
त्यसतै,नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले आफ्नो मन्तव्य राख्दै भने या देवी सर्वभूतेषु शक्ति रुपे संस्ता नमतसै नमतसै नमं नमं भन्दै भनेका थिए महिलाहरु शक्ति का स्रोत हुन श्रमिक सँग जोडनु भएको छ। व्युटिसियन पेसाकर्मी भएर देशभरि छर्नु भएको छ तपाईंहरु शक्तिका स्रोत हुनुहुन्छ म तपाईहरुलाई आग्रह गर्न चाहन्छु कि चौथो राष्ट्रिय महाधिवेसनको सहमति मै महाधिवेशन होस भन्दै आग्रह गर्न चाहन्छु भनेका थिए।
त्यसतै,नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सांसद अजय कुमार चौरसिया आफ्नो मन्तव्य राख्दै भने व्युटिसियन व्यवसायीहरु बधाई दिदै शान्ति पुर्ण र सहमति मैत्रिमै चौथो राष्ट्रिय महाधिवेसन सफल होस् भन्दै सुभकामना दिएका थिए।
त्यसतै,नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा उधोग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल भने धेरै नै साथिहरु व्युटिसियनको बारेमा कुराहरू राखे म के भन्न चाहन्छु उहाहरुले भनेका कुराहरू लाइ मन्न गर्दै अगाडि बढनु अहिले के चलिरहेको छ पार्टीहरू मा म लाइ मन्त्री पाएन भनेर रिसाउन्छ तर हामिले प्रजातन्त्रको लागि आन्दोलन गरे तर हामि लोभी भएनौ हामी पार्टी प्रति बफादार भएर काम गरेका छौ त्यसतै तपाईहरु पनि गर्नु भन्दै आग्रह गरेका थिए।
साथै उक्त कार्यक्रममा माननिय उधोग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, माननिय सांसद अजय कुमार चौरसिया,प्रदेश सांसद जार्नदन सिंह क्षेत्री,नेपाली कांग्रेस पर्साका जिल्ला उप-सभापति रामनारायण कुर्मी,नेपाली कांग्रेस पर्साका जिल्ला सचिव तथा वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलम,प्रदेश सांसद श्याम पटेललाइ मायाँको चिनोले सम्मान गरेका थिए।




