
वीरगन्ज, पर्सा
वीरगन्जमा नृसिंह भगवानको जन्मोत्सवमा भव्य शोभा यात्रा बिहिबार निकालिएको छ।
वीरगन्जमा नृसिंह भगवानको जन्मोत्सवमा भव्य शोभा यात्रा ,साँझ महाआरती पनि हुने ।
भगवान नृसिंहको जन्मोत्सवमा
नृसिंह जयन्तिका दिन वीरगन्ज महानगरपालिका वडा नम्बर १५ पिपरा स्थित पिपरामठमा रहेको नृसिंह भगवान मन्दिर पिपरामठ संरक्षण समितिको अगुवाइमा शोभायात्रा निकालिएको हो ।
पिपरामठ परिसरबाट निस्किएको शोभा यात्रा बाइपास सडक बाट पावरहाउस चोक, मुर्ली , घण्टाघर , माईस्थान , आदर्शनगर , घडीअर्वा , घण्टाघर , लिंकरोड , बसपार्क हुदै पुन पिपरामठमै पुगेर समापन भएको पिपरामठ संरक्षण समितिका अध्यक्ष रामप्रवेश कुर्मीले जानकारी दिए ।
शोभायात्रामा महिला , युवती , किशोरी,युवा,बृद्धबद्धा गरि हजारौको सहभागिता थियो ।भगवा पोशाकमा शोभायात्रामा सहभागीहरुले जय श्रीराम लेखिएका झण्डाहरु बोकेका थिए ।
सो शोभा यात्रामा नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी,बिरगंज महानगरपालिका श्याम पटेल,युवा नेता सुधिर पटेल,बाबुनन्द पटेल,वेदप्रकाश पटेल,देवप्रकाश पटेल लगायतको सहभागीता थियो।
नृसिंह जयन्तिकै अवसरमा बिहीबारनै साँझ ६.३० बजे पिपरामठ्ठ परिसरमा महाआरती पनि गर्ने कार्यक्रम रहेको अध्यक्ष कुर्मीले जानकारी दिए ।




