
वीरगंज, पर्सा
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सांसद डा.आरजु राणा देउवा लाई सिमरा विमान स्थलमा भव्य स्वागत गरिएको छ।
काठमाडौबाट विमान बाट सिमरा बिमानस्थल आइ पुगेकी डा.आरजु राणा देउवालाई उनका शुभ चिन्तकले माला खादा ओढाइ भब्य स्वागत गरेका छन।
नेपाली कांग्रेस पर्साका अध्यक्ष तथा प्रदेश सांसद जर्नादन सिंह क्षेत्री,संविधान सभा सदस्य अनिल रुङटा,नेपाली कांग्रेस पर्साका सचीव तथा बिरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलम,पर्सागढि गाउँपालिकाको पुर्ब मेयर लोकनारायण यादव,बहुदरमाई गाउँपालिकाको पुर्ब मेयर नितेन्द्र साह,नेपाली कांग्रेसका पोखरीया नगरपालिकाका सचीव धर्मराज यादव,बिरगंज महानगरपालिकाका उप-प्रमुखका स्वाकिय सचिव शेष हजरा,यूथ कांग्रेसका मधेस प्रदेश सदस्य राहुल कुमार गुप्ता,लगायतले सिमरा विमानस्थलमा डा.आरजु राणा देउवा लाई दोसाल र फुलको माला लगाइ भब्य स्वागत गरेका थिए।




