
अजित भुजेल
बिरगंज , चैत्र २९ गते आइतबार ।
ओम कुमारी शर्माको अध्यक्षतामा ११ सदस्यीय बिरगंज महानगर कमिटी गठन भएको छ ।बिरगंज महानगर पालिका वडा न.८ स्थित बिरगंज सुरक्षा व्युटिपार्लर एन्ड टेर्निङ्ग सेन्टरमा आज बिरगंजका ब्युटिसियनहरुको भेलाले राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल बिरगंज महानगर कमिटी गठन गरेको हो।
सो भेलाले उपाध्यक्षमा सुमन अधिकारी , सचिबमा पिंकि गुप्ता , सहसचिवमा प्रिति सिंह , कोषाध्यक्षमा सुनिता मानन्धर , सदस्यमा मु. कुमारी प्रधान , पुनिता ठाकुर , बिभा कर्ण , किरण कुमारी , रन्जु देबि र निशा अधिकारी चयन भएको सुमित्रा सापकोटाले जानकारी गराउनु भएको थियो।
सुमित्रा सापकोटाको अध्यक्षतामा भएको सो कार्यक्रममा जिफन्टका प्रदेश न.२ का अध्यक्ष कमलेश झा को प्रमुख आतिथ्य भएको थियो।त्यसैगरि बिशिस्ट अतिथिमा जिफन्ट प्रदेश न.२ का सचिब मुक्ति चौधरी , जिफन्टका केन्द्रिय सचिब एवंम प्रदेश न.२ का ईन्चार्ज अन्जु गुरुङ , अनेरा महिला सघका केन्द्रिय सदस्य सन्जु फुयाल , सन्चारकर्मी अजित भुजेल , संतोषमान रन्जितकार , व्युटिसियन निशा मानन्धर , रेनु यादव , रुपा साह , रन्जु साह , मन्जु देबि साह लगायतकाको सहभागिता रहेको थियो ।




