
वीरगंज, पर्सा
विधापतिनगर झांझी टोल सुधार तथा व्यवस्थापन समिति श्रीपुर द्वारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ
वर्तमानमा अवस्थामा रगतको बढदो मागलाई मध्यनजर गर्दै विधापतिनगर झांझी टोल सुधार तथा व्यवस्थापन समिति वीरगंज महानगरपालिका वडा नं ११ श्रीपुर को आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
रक्तदान कार्यक्रम का प्रमुख अतिथि वीरगंज महानगरपालिका का उप प्रमुख इम्तियाज आलम लाइ विधापतिनगर झांझी टोल सुधार तथा व्यवस्थापन समिति का अध्यक्ष तथा सदस्यहरु ले फुल को माला लगाइ तथा दोसाला ओढाइ सम्मान गरेका थिए।
उक्त रक्तदान कार्यक्रममा वीरगंज महानगरपालिका का उप प्रमुख इम्तियाज आलम ले मनतव्य को क्रममा भने रक्तदान गर्नु स्वभाविक हो रक्तदान गर्दा शरिर स्वास्थ्य रहुनु तन्दरुस्त रहने हो। साथै रक्तदान भनेको जिवन दान हो रक्तदान बिना व्यक्ति को मृत्यु हुनसक्छ त्यहि भएर रक्तदान गर्नु जिवन दान गर्नु बराबर हो। तिन/तिन महिनामा रक्तदान गर्नु पर्छ किनकि तिन महिनामा कुनै पनि व्यक्ति को रगत चेनज भएर पुनं रगत तयार हुन्छ त्यहि भएर रक्तदान तिन/तिन महिनाम गर्नु पर्छ उप प्रमुख आलम ले बताए।
उक्त रक्तदान कार्यक्रम विधापतिनगर झांझी टोल सुधार तथा व्यवस्थापन समिति का अध्यक्ष सोएन अनवर को सभापतित्वमा तथा वीरगंज महानगरपालिका का उप प्रमुख इम्तियाज आलम को प्रमुख अतिथिमा भएको कार्यक्रममा विधापतिनगर झांझी टोल सुधार तथा व्यवस्थापन समिति का उपाध्यक्ष शिवराज प्रसाद यादव, सचिव मणिभुषण दृबेदि,सह सचिव केशव प्रसाद चौरसिया, कोषाध्यक्ष शुकदेव प्रसाद चौरसिया, सदस्य प्रमोद गिरि,फिरोज हवारि,महेस राम,धनेश्वर रौनियार, श्रीमती चन्दा देवी,श्रीमती मिरा देवी राम लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो