
वीरगंज, पर्सा
नेपाल स्वास्थ्यकर्मी संघ वीरगंज महानगरपालिकाको प्रथम अधिबेशन भएको छ।
नेपाल स्वास्थ्यकर्मी संघ जिल्ला कार्यसमिति पर्सा कोआयोजनामा नेपाल स्वास्थ्यकर्मी संघ वीरगंज महानगरपालिका प्रथम अधिवेशन एक कार्यक्रम का बिच आयोजना गरिएको छ।
उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस पर्सा का सभापति तथा प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री ले दिप प्रज्वलन गरी अधिवेशन को उद्घाटन गरेका थिए।
उद्घाटन गर्दै प्रमुख अतिथि जनार्दन सिंह क्षेत्री ले भने नेपाल स्वास्थ्यकर्मी संघ वीरगंज महानगरको प्रथम अधिवेशन भव्य र सभ्य रुपाले सफल होस् भन्दै सुभकामना व्यक्त गरेका थिए।
यस्तै सम्बोधन कै क्रममा वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमले भने वीरगंजमा भित्र रहेका स्वास्थ्य सेवक हरुले नागरिकको सेवामा गम्भिर भएर लाग्न आग्रह गरेका थिए।जनताले विश्वास र भरोसा गरेका स्वास्थ्यकर्मीहरु उदारणीय बन्नु पर्छभने।जिम्मेवार लिनु भएका स्वास्थ्यकर्मी साथिहरु प्रति जनताहरु आकर्षित हुने उदाहरणीय बातावरण बनाउनु हुने विश्वास लिएको बताए।
जनतालाई भर पर्दो सेवा दिन र बिरगंजको गरिमा लाई कसरि उच्च बनाउन सकिन्छ त्यस तर्फ पनि समन्वय गर्न आग्रह गरे।कोभिड १९ को बेलामा आफ्नो ज्यान को प्रभाह नगरी जनताको सेवामा तल्लिनहुनु भएको मा सम्पुर्ण स्वास्थ्यकर्मी हरुमा उच्च सम्मान गर्न चाहान्छु आलमले भने।
उक्त नेपाल स्वास्थ्यकर्मी संघ वीरगंज महानगरको प्रथम अधिवेशन का नेपाली कांग्रेस पर्सा का सभापति तथा प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री को प्रमुख अतिथित तथा नेपाल स्वास्थ्यकर्मी संघ पर्सा का सृजना चौधरी को सभापतित्वमा भएको कार्यक्रममा विशिष्ट अतिथि नेपाली कांग्रेस पर्सा का उप सभापति रामनारायण कुर्मी , बिशिष्ट अतिथि वीरगंज महानगरपालिका का उप प्रमुख इम्तियाज आलम, विशिष्ट अतिथि दिनेस चौधरी लगायत बिभिन्न आस्पतालका स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो।