जगरनाथपुर गाउँपालिकाद्वारा किराना पसलबाट १४ लाखको भ्याक्सिन खरिद

पर्साको जगरनाथपुर गाउँपालिकाले किराना पसलबाट भ्याक्सिन खरिद गरेको पाइएको छ। गाउँपालिकाले ०७८/७९ मा किराना पसलबाट १४ लाख भन्दा बढीको भ्याक्सिन खरिद गरेको हो। उक्त आर्थिक वर्षमा गाउँपालिकाले १४ लाख १३ हजार ३७९ रुपैयाँ बराबरको भ्याक्सिन किराना पसलबाट खरिद गरेको हो।

पालिकाले ०७७/७८ मा टेण्डर भई काय सम्पन्न भइसकेका सम्बन्धित विभिन्न योजनाको भुक्तानी दिन बाँकी रकमबाट भ्याक्सिन खरिद गरेको हो। जसमध्ये जय दुर्गा गहवामाई सप्लायर्सबाट ०७८ फागुन २१ गते चार लाख ७६ हजार ६८४ रुपैयाँ बराबरको पिआिर भ्याक्सिन–२५६०, सोही मितिमा महादुर्गा सप्लायर्सबाट सिरिन्ज र ५ एमलको एचएस एण्ड बिक्यु भ्याक्सिन चार लाख ७६ हजार ४७९ रुपैयाँ र पृथ्वीराज ट्रेड सप्लायर्सबाट चार लाख ६० हजार ११ रुपैयाँको भ्यक्सिन र सिरिन्ज खरिद गरेको महालेखा परीक्षकको कार्यालयले आफ्नो प्रतिवेदनमा जनाएको छ।

विभिन्न प्रकारको ठेक्कापट्टा गर्ने, विविध सामग्री कारोबार निर्माण, भवन निर्माण सामग्री तथा हार्डवेयर सामानको खुद्रा ब्यापार गर्ने कारोबार गर्ने गरी फर्म दर्ता भएकोमा भ्याक्सिन जस्तो विशेष भण्डारण गरेर राख्नुपर्ने बस्तुको समेत किराना पसलबाट बिक्री हुने गरेको पनि देखिएको महालेखाले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ।

भ्याक्सिन किराना पसलबाट खरिद गर्नु भनेको भ्रष्टाचार, अन्यायजन्य कार्य जे भने पनि कम हुने गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादवले जानकारी दिए।

उनले आफूभन्दा पहिलाको जनप्रतिनिधिको पालामा भ्रष्टाचार गरेर खान कागजमा मात्रै भ्याक्सिन खरिद गरिएको बताए।
आफूले पशु सेवा शाखाबाट जानकारी लिँदा किराना पसलबाट खरिद गरिएको भ्याक्सिन खरिद नै नभई कागजमा मात्रै बिल बनाइएको पाएको उनले बताए।

यसअघि जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँको पालामा किराना पसलबाट भ्याक्सिन खरिद गरिएको थियो। यसरी भ्याक्सिन र सिरिन्जजस्तो औषधिलाई समेत जगरनाथपुर गाउँपालिकाले किराना पसलबाट खरिद गरी भुक्तानीसमेत दिएको छ। साथै, किराना पसलबाट खरिद गरिएको भ्याक्सिन उपयोगसमेत नभएकाले सम्बन्धित फर्मबाट सो रकम असुलउपर गर्न महालेखाले निर्देशनसमेत दिएको छ। deshsanchar

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close