
नेपाल मुस्लिम संघ पर्सा जिल्लाको तेस्रो अधिबेशन आज सम्पन्न भएको छ । बिरगंज स्थित सभा गृहमा भएको अधिबेशनमा प्रमुख अतिथि रहेको नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पुर्व मन्त्री अजय चौरसिया रहेका थिए । आज अधिबेशन को उद्घाटन गर्दै उनले देशमा मधेशी महिला,आदिवासी,जनजाति,मुस्लिम लगायत पिछडिएका ब्यक्तीहरुको हक अधिकारका लागि सब भन्दा पहिले अवाज उठाउने पार्टी नेपाली कांग्रेस भएको बताए । नेपाली कांग्रेसले सुशील कोइरालाको सरकारमा सविधान संशोधित गरी आरक्षणको ब्यवस्था गरेको थियो ।त्यस्तै प्रत्येक निकायमा समावेशी समानुपातिक पद्धति लागू गराए को बताए । जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको घोषणा नेपाली कांग्रेसले नै माग गरेर लागू गराएको बताए ।
विशिस्ट अतिथिका रुपमा रहेका मधेश प्रदेशका गृह तथा संचार मन्त्री समिम मोहम्मदले मुस्लिम संघको स्थापन नेपाली कांग्रेसका पुर्व प्रधानमन्त्री मन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइरालाको पालामा भएको थियो । मुस्लिम समुदायको राजनीतिक मार्फत हकहित संरक्षण गर्न स्थापना गरिएको मुस्लिम संघ जुन गतिमा काम गर्नु पर्ने थियो त्यो अनुसार को नभएको बताए । त्यस्तै मुस्लिम संघले २०६६ साल देखि नेपाली राजनीतिमा के कति मुस्लिम समुदायका युवाहरु लाई ल्याउनु भयो,कति महिलाहरु लाई कुन तहमा राख्न सफल हुनु भयो जस्ता प्रश्नहरु राखेका थिए । त्यस्तै नेपाली राजनीतीमा मुस्लिम समुदायका महिलाहरु को उपस्तिथि एकदम न्यून रहेको बताए ।
त्यस्तै विशिष्ट अतिथीका रुपमा रहेका नेपाली कांग्रेस पर्साका सचिव तथा बिरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले अधिबेशनबाट चुनेर आउने पदाधिकारीलाई बधाइ तथा शुभकामना दिदै आउने दिनमा नेपाली कांग्रेस पार्टीलाइ अगाडि बढाउने अरु भातृ संगठन नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ , नेपाल महिला संघ जस्तै नेपाल मुस्लिम संघ को पनि मुख्य भुमिका हुने बताए । त्यस्तै बिगतका स्थानीय , प्रदेश तथा संघ को चुनावहरु मा नेपाली कांग्रेस लाई जिताउन मुस्लिम संघ नेपाल को योगदान ठूलो रहेको बताए । त्यस्तै मुस्लिम समुदाय प्रती जबजब दमन , आक्रमण हुदा नेपाली कांग्रेस पार्टी छाता बनेर मुस्लिमहरु को पक्षमा उभिएर रहेको बताए ।
नेपाली कांग्रेस पर्साका उपसभापति राम नारायण कुर्मी नेपाली कांग्रेसले मुस्लिमहरूको हित र अन्यायका बिषयमा निरन्तर लाग्दै आएको र बिगतदेखि हालसम्म प्रतिनिधि सभा सदस्य, संविधान सभा सदस्य, प्रदेश सभा सदस्य पार्टी संगठन लगायतका ठाउँमा सहभागिता गराउँदै आएको बताए । मुस्लिम हकहित अधिकारका लागी लामो समयदेखि लडदै आएको चाहे त्यो प्रतिबन्धित अवस्थामा होस मस्जिद जग्गाको सन्दर्भमा होस।
नेपाली कांग्रेस पर्सा क्षेत्र नं २ का क्षेत्रीय सभापति मोहम्मद साबुदिन ले नेपाली कांग्रेस लाई मजबुत बनाउन मुस्लिम संघ नेपाल ले सक्रिय रुपमा काम गरेको बताए। मुस्लिम समुदाय को हकहित को लागि सदेव लड्ने पार्टी नेपाली कांग्रेस मात्र भएको तथा अन्य पार्टीहरु ले मुस्लिम समुदाय लाई विभिन्न प्रलोभन देखाएर भोट लिएको तर अहिले सम्म केही काम नगरेको बताए।
आज भएको अधिबेशको सभापति जाकिर हुसेन ले मुस्लिम सघं नेपाल ले आउने दिन मा मुस्लिम समुदाय को उन्नति प्रगति को लागि विभिन्न कार्यक्रमहरु संचालन गर्ने बताए । मुस्लिम समुदायका युवाहरु लाई राजनीति तथा पार्टी को हरेक निकायमा समाबेश गराउन भुमिका खेल्ने बताए । आज भएको अधिबेशन कार्यक्रम मा मुस्लिम संघ का केन्द्रिय कार्यवाहक सभापति अताबुल मन्सुर, पुर्व मन्त्री सुरेन्द्र चौधरी ,प्रदेश सभा सदस्य श्याम पटेल, पटेर्वा गाउपालिका का अध्यक्ष दिनेश चौधरी ,जगरनाथपुर गाउँपालिकाका मेयर श्रीकान्त यादव,पटेर्वा गाउपालिकाकि उपाध्यक्ष ममता महतो,नेपाली कांग्रेसका नेता लोकनारायण यादव,रामरुप कुर्मी,किरण सरकार,नवीन सिंह,अनिल सिंह,सन्तोष सिंह,मनोहर साह,दिलिपराज कार्की,बलिस्तर अहमद,धर्मराज यादव,शेष हजरा लगायतको उपस्थिती रहेको थियो ।




