
वीरगंज, पर्सा
वीरगंज महानगरपालिकाको आयोजनामा वातावरणीय तथा सामाजिक सुरक्षा सम्बन्धि अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ।
होटेल एभरेस्ट वीरगंजमा भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा बिरगंज महानगरपालिकाका उप-प्रमुख तथा न्याय समिती का संयोजक इम्तियाज आलम रहेका थिए।
आज भएको अभिमुखिकरण गोष्ठी कार्यक्रममा गोष्ठीको मुख्य उदेश्यहरु गुनासो सुनवाई समितिको गठन प्रक्रिया,समितिमा कोकोलाई समावेश गर्ने ,गुनासो सुनवाईको संयन्त्रण बारे जानकारी गराउने लगायत उदेश्यहरु रहेको थियो ।
त्यस्तै वातावरणीय तथा सामाजिक सुरक्षा सबन्धि प्रावधान बारे जानकारी समेत गराइएको थियो । अहिले सरकर ले सार्वजनिक जग्गामा ६ विगहावा सो भन्दा माथि वृक्षरोपण गरेमा अनुदान दिने व्यवस्था गरेको छ । त्यस्तै नीजि जग्गामा ७.५ कठ्ठा वा सो भन्दा माथि वृक्षारोपण गरेमा अनुदान दिने व्वयस्था बारे जानकारी गराइएको छ।वनमा आधारित साना तथा मझौला उद्योग संचालन गर्न कृषि विकास बैंक द्वारा वार्षिक ९% व्याजमा ऋण दिने व्यवस्था समेत गरेको जानकारी गराएका छन।




