यातायात कार्यालय वीरगञ्जमा कमिसनको खेल सरुवा भएका कर्मचारी रन्जित र अमितको अटेरी

सबभन्दा बढी भ्रष्टाचार हुने बिरगंज को यातायात व्यवस्था कार्यालय मा अहिले कमिसन को खेल मा लाखौ कमाइ गरिरहेका कर्मचारीहरु आफ्नो सरुवा भएता पनि रवाना पत्र न लिकन यातायात कार्यलय बिरगंज मा बसिरहेको पाइएको छ । यातायात कार्यलय पर्सा बिरगंज को सवारी चालक अनुमति पत्र शाखा मा कार्यरत दुई जना कर्मचारी सरुवा भएको कार्यालयमा नगएइ अटेरी गरि रहेका छ ।

सातौँ तहको अधिकृत मेकानिकल इन्जिनियर पदमा रही काम गर्दै आएका अमित कुमार दास र सहायक शाखा अधिकृत को पद मा रहि काम गर्दै आएका रञ्जित कुमार प्रसाद साह सरुवा भएको सम्बन्धित कार्यालयमा नगई पुरानै कार्यालयमा जबरजस्ती काम गर्न खोजिरहेका छन् अरु कर्मचारीहरु ले बताएका छ।

सहायक अधिकृत पद मा रहेका रञ्जित कुमार साह लाई असारमा २१ गते यातायात व्यवस्था सेवा कार्यालय गौर रौतहटमा काज फिर्ता गरिएको थियो भने सोही मितिको पत्रअनुसार अमितलाई यातायात पूर्वाधार निर्देशनालय मधेश प्रदेशमा सरुवा भएको छ । तर पनि लामो समयदेखि कार्यरत कार्यालयमा कमिसनबापतको रकम पाउने प्रलोभनमा उनीहरू सरुवा भएको कार्यालयमा नगएको स्रोतले बताएको छ ।

मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र) वीरगन्जका सहायक शाखा अधिकृत रंजितप्रसाद साहको काज फिर्ता गरेको १२ दिन बितिसकेको छ । तर, हालसम्म साह काज फिर्ता भएको यातायात व्यवस्था कार्यालय गौरमा हाजिर भएका छैनन् ।

अमित दासको उत्प्रेषण परमादेशको मुद्दामा न्यायाधीश राजेशकुमार काफ्लेको इजलासले दुवै पक्षलाई साउन १२ गते छलफलका लागि बोलाई उक्त अवधिसम्म निवेदकलाई हाल वहाल रहेको कार्यालयबाट कानुनको प्रावधानविपरीत सरुवा नगर्नु, नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ ।

‘मेकानिकल इन्जिनियर दासको हकमा उच्च अदालतले हाल वहाल रहेको कार्यालयबाट सरुवा नगर्न आदेश दिएको छ,’ यातायात कार्यालयका एक अधिकृत भन्छन्, ‘उनले मुद्दा दर्ता गराएको मितिभन्दा केही दिन अगाडि नै उनको रमाना सरुवा भएको कार्यालयमा पुगिसकेको छ, उनी हाल वीरगन्जमा कार्यरत नै छैनन्, न त अदालतले वीरगन्ज यातायात कार्यालयमा काम गर्न आदेश नै दिएको छ । सरुवा गर्ने निकाय मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय हो ।’ अन्यत्र सरुवा भए पनि मेकानिकल इन्जिनियर दासले प्रदेश निजामती सेवा ऐन, २०७७ तथा प्रदेश निजामती नियमावली २०७९ को कानुनी प्रावधानविपरीत समयावधी नपुगी सरुवा गरेको निवेदनमा उल्लेख गरेका छन् ।

अहिले मोटरसाइकल को लाइसेन्स बनाए बापत १२ हजार देखि १५ हजार सम्म पैसा को बार्गेनिङ हुने गरेको यातायात कार्यलय मा एजेन्टहरु ले बताउने गरेका छ। त्यस्तै चार चक्का को लाइसेन्स बनाए बापत एक जना को २५ हजार देखि ३० हजार सम्म लिने गरेका छन । दश चक्का १२ चक्का को लाइसेन्स बनाइ दिए बापत १ लाख सम्म को बार्गेनिङ हुने गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close