स्वर्गीय पत्रकार नरेश सरार्फ को स्मृतिमा बिरगंज महानगरपालिका द्वारा १० लाख सहयोग प्रदान

बिरगंजका बासिन्दा तथा नेपाल पत्रकार महासंघ पर्सा का जिल्ला सदस्य स्वर्गीय नरेश सरार्फ को अल्पआयु मै निधन भएकाले गर्दा उनको स्मृतिमा नेपाल पत्रकार महासंघ पर्साले स्थापना गरेको अक्षय कोषमा वीरगन्ज महानगरपालिकाले १० लाख रुपैयाँ प्रदान गरेको छ ।

बिरगंजका मेयरले पहिला नै आफ्नो भाषनमा प्रतिवदता गरे अनुसार सहयोग गरेका हुन । पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारीलाई पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य प्रदीप यादव र मेयर राजेशमान सिंहले संयुक्त रुपमा १० लाख रुपैयाँको चेक प्रदान गरेका हुन् ।

स्वर्गीय पत्रकार नरेश सरार्फ कि छोरी श्रेया सर्राफको अगाडिको अध्ययन र भरणपोषणका लागि समेत नगद ५ लाख रुपैया प्रदान गरेको छ ।

गत मंसिर १५ गतेका दिन मर्निङ वाकमा ब्याम गर्ने बेला हृदयतघात भइ अचेत अवस्थामा अस्पताल पुर्याए पछि डाक्टरले उनलाइ मृत घोषित गरेका थिए।

सर्राफको निधन भएको १० औँ दिनको पुण्य तिथिमा गत मंसिर २५ गते आयोजित श्रद्धाञ्जली सभामा मेयर राजेशमान सिंहले गरेको घोषणा अनुसार शुक्रबार सर्राफकी छोरी श्रेयालाई ५ लाख रुपैयाँ र अक्षय कोषमा १० लाख रुपैयाँ प्रदान गरिएको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close