
बला’त्कारीको श्रीमती बनाएर समाजले पठायो, अर्को दिन रुखमा ला’स भेटियो पासीको
१३ वर्षीया दलित बालिकालाई करनी गरे बापत् २५ वर्षीय युवालाई उसैसँग बिहे गर्ने सजाय सुनाएको छ । २१औँ शताब्दीमा यस्तो न्याय हाम्रै देशमा, हाम्रै समाजमा सुनाइएको हो। जसले करणी गर्यो, उसैको श्रीमती हुनुपर्ने, त्यो पनि १३ वर्षीया अबोध बालिकाले ।
दलित परिवारको पक्षमा बोलिदिने कोही भएन, त्यसैले समाजको न्याय मानेर करणी गर्ने पुरुषको पछिपछि गएकी बालिका त्यही साँझ गाउँको रूखमा भेटिइन्, झु न्डिएको अवस्थामा । घटना हो रुपन्देही देवदहको । शुक्रबार साँझ १३ वर्षीया स्थानीय दलित बालिका अंगिरा पासी घरबाट हराइन् । बुबाको निधन भइसकेको छ । आमाले हारगुहार गरिन् । गाउँले जम्मा भएर खोज्न हिँडे । राति ११ बजे उनी नजिकैको खरबारीमा भेटिइन्, उनको साथमा थिए स्थानीय २५ वर्षीय वीरेन्द्र भर ।
भरले बालिकालाई फकाएर शा’रीरिक स’म्बन्ध राखेको स्थानीय बासिन्दाहरूको भनाइ छ । तर, १३ वर्षीया अबोध बालिकालाई ज’बर्ज’स्ती वा फकाएर शा’रीरिक स’म्बन्ध राख्नु कानुनी र मानवीय रूपमा करणी हो, ज’घन्य अपराध हो । यो विषयमा छलफल गर्न अर्को शनिबार बिहान वडाध्यक्ष अमरबहादुर चौधरीसहित समाजका अगुवाहरूको भेला बस्यो । समाजले भन्यो, ‘बालिकामाथि अन्याय भएको छ, त्यसैले वीरेन्द्रले सजाय पाउनुपर्छ । सजायस्वरूप अब उनले बालिकालाई श्रीमती स्विकार्नुपर्छ ।’
बालिकालाई आफूमाथि भएको अपराध र उनले पाउनुपर्ने न्यायका बारेमा थाहा थिएन । उनकी आमालाई कानुनको दफाबारे जानकारी थिएन । त्यसमाथि उनको मत के छ भनेर समाजले सोध्दै सोधेन । बरु अब ‘बिटुलिएकी’ छोरी घरमा राखेर के गर्छौ भनेर समाजका मान्छेले आमालाई पनि छोरीको बिहे गरिदिन भने ।
आमा शान्ति देवीले नयाँ पत्रिकासँग भनिन्, ‘गाउँ समाजका मानिस जुटेर छलफल भएको थियो । छलफलमा वीरेन्द्र भरले मेरो छोरीलाई श्रीमती बनाउँछु भन्यो । वडाध्यक्षले समेत अब छोरीलाई जिम्मा दिनु ठीक हो भन्नुभयो । सबैको फैसलापछि छोरी वीरेन्द्रको पछि लागेर गएकी हो ।’ आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
त्यस्तै एक युवतीलाई करणी गरेको आरोपमा प्रहरीले अर्जुनचौपारी गाउँपालिकाका एक पुरुषलाई मङ्गलबार नियन्त्रणमा लिएको छ । १९ वर्षीया युवतीले ४० वर्षीय पुरुषले आफूलाई ज’बरज’स्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि आरोपित पुरुषलाई नियन्त्रण गरेर अनुसन्धान कार्य अगाडि बढाएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक विमलराज कँडेलले युवतीले लामो समयसम्म महिनावारी नभएको र पेट बढ्दै गएपछि गर्भ रहेको थाहा पाएको भन्दै प्रहरीमा उजुरी दिएको बताए । ज’बरज’स्ती करणी गरेको आरोप लागेका पुरुष र युवती नाता सम्बन्धले दाजु बहिनी पर्ने र आरोपित पुरुषलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
त्यस्तै महाराजगञ्ज नगरपालिका – २ उनवलियाकी एक किशोरीमाथि करणी भएको आरोप लगाइएको छ । उनवलियाकै २८ वर्षीय गोरखनाथ लोहार करणी गरी फरार भएको भनी बालिकाको परिवारले प्रहरीमा उजूरी दिएको छ ।
नेपाल राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयका शिक्षक लोहारले गए राति किशोरीलाई ज’र्बज’स्ती तानेर घरको पछाडि पु¥याई सो हर्कत गरेको आरोप लगाइएको छ । राति परिवारले बालिकालाई बे’होशा’वस्थामा फेला पारी प्रहरीलाई खबर गरेको थियो । अभियुक्त लोहारको खोजी भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले जानकारी दिनुभयो । पीडितको शिवराज अस्पतालमा उपचार भइरहेको छ ।tajakhabar




