वडा नं १ का वार्ड अध्यक्ष मनोज राउत कुर्मीले आफ्नो निजि सहयोगमा बोरिङ जडान गराए

बिरगंज महानगरपालिका वडा नं १ मा खाने पानीको बोरिङ निर्माण भएपछि त्यस क्षेत्रका स्थानीय हर्षित भएका छन् । वडा नं १ को वडा अध्यक्ष मनोज राउत कुर्मीले आफ्नो निजि सहयोगमा खानेपानीका बोरिङ जडान गराएका हुन।

वर्षा नभएको र बढ्दो गर्मीका कारण जमिनमुनि सतहमा पानी सुक्दा चापकलहरूमा पानी आउन छोडेपछि उक्त वडाका स्थानीय धेरै नै पीडित भएका थिए।

लगभग ५०० घरधुरीका जनता खाने पानीको विकराल समस्या रहेको थियो। टाढा टाढाबाट पानी बोकेर खानुपर्ने बाध्यता रहेको थियो तर अब त्यो समस्याबाट मुक्त भएपछी स्थानिय खुशि भएका छ । वडा अध्यक्ष मनोज राउत कुर्मीले जसरी पनि खाने पानी समस्या आफू सामाधान गर्ने बताएउदै आएका थिए । अब सो बोरिङलाई पाइपको माध्यम घर घरमा पुर्याउने लक्ष्य रहेको वडा अध्यक्ष कुर्मी लले बताए ।

आफ्नो वडा कोइ पनि जनतालाई खानेपानीको अभाव हुन नदिने उहाले बताए।दिन प्रती दिन बढ्दो गर्मीको कारण जमिन मुनिको पानीको सतह घट्दै गइरहेको तथा यसलाइ रोक्न सम्पुर्ण वडा का जनता सचेत हुन आग्रह समेत उनले गरे। यसका लागि बृक्षारोपन गर्न आवश्यक रहेको बताए। उनी समाज को बिकाशका लागि परेको बताए । अहिले वडा नं १ मा विभिन्न बिकाश को काम भइ रहेको बताए ।

बोरिङको कामहरु छिटो भन्दा छिटो सकाउन आफू सधै दबाब दिदै आएको र बिरगंजमा पानीको अभावले जनता धेरै नै पिडित रहेको देखेर तत्काल समस्या समाधान गर्न पहल समेत गरेको उनले बताए ।अहिले यस्तो आकाल परेको बेला सम्पुर्ण जनता एक भएर पर्यावरण बचाउनु पर्ने बताए।चुरे पर्वतको दोहनले तराई तिर पानीको आकल बढै गएको तथा यसलाइ रोक्नु पर्ने उनले बताए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close