
राहुल गुप्ता
उधोग वाणिज्य तथा आपूर्ति मन्त्रालय द्वारा आज बिरगंजको दियालु होटलमा वाणिज्य नितिको मस्यौदा सम्बन्धमा छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको प्रमुख अतिथित्वमा भएको अन्तरक्रिया तथा छलफल कार्यक्रममा विभिन्न नेता तथा ब्यपारीहरु ले आफ्नो मन्तव्य राखेका थिए।
कार्यक्रम को उद्वाटन गर्दै प्रमुख अतिथी रहनु भएका मन्त्री रमेश रिजालले स्थिर सरकार नहुनुजेल अहिलेको समस्या समाधान गर्न धेरै कठिना रहेको बाताए । दुई चार जना राजनीतिक दल का नेताहरु आफ्नो निजि उदेश्य प्राप्तिका लागि विभिन्न नारा दिई काम गरिरहेको बताए । त्यस्तै अहिले का खाद्यान्न का ब्यपारीहरु ले मात्र आयात गर्नमा बढी अग्रसर रहेको बताए । ब्यपारीहरु ले बढी आयात गर्नु को साटो स्थानिय किसानहरु लाई किसानी को लागि प्रोत्साहन गर्नु पर्ने बताए । त्यस्तै अहिले हामी ब्यपारीहरु लाई हेर्ने नजर खराब रहेको बताए । हाम्रो अहिले दिमागमा ब्यपारी भनेको चोर हो भनेर हेरेका छौ। तर त्यो नराम्रो रहेको बताए । देशमा क्रान्ति ल्याउन सबभन्दा बढी मेहेनत ब्यपारीहरु ले गरेका छन ।
त्यस्तै बिरगंज महानगरपालीकाका मेयर राजेशमान सिहंले बिरगंज उद्योगिक करिडोर भएर पनि अहिले सम्म केही सुबिधा नपाएको बताए । बिरगंज लाई हामिले आर्थिक नगरी भन्ने गरेका छौ । तर वास्तविक रुपमा केन्द्र सरकार त्यो अनुसारको विकास नभएको बताए। त्यस्तै अहिले सरकारको विभिन्न कार्यलयको फरक फरक कानुनको कारणले गर्दा पनि उद्योगिहरु यहाँ उद्योग स्थापना गर्न डराएको बताए ।
आज भएको सो कार्यक्रममा विशिष्ट अतिथी उधोग वाणिज्य अतिथी रहबर अन्सारी,अशोक टिमानी, पर्साका जिल्ला प्रमुख हिरालाल रेग्मी लगायतको उपस्थिति रहेको थियो ।




