पर्सा जिल्लामा सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मआचार्य” सरुवा भइ आए पछि अबैध सामानहरु धमाधम नियन्त्रणमा

सशस्त्र प्रहरी बल नेपाल पर्सामा सरुवा भइ आउनु भएका प्रहरी उपरीक्षक किशन कर्म आचार्यको कडा निर्देशन पछि जिल्लाका तस्करहरुकाे भागाभाग मच्चेकाे छ ।जिल्लाकाे सिमा नाकाबाट भईरहेकाे अबैध चाेरि तस्करी नियन्त्रणमा सक्रियता देखायपछि अहिले तस्करहरु ले तस्करी गर्न पाएका छैनन । आमनागरिक हरुलाई शान्ति सुरक्षा दिने र सिमा नाकाबाट हुने चाेरि पैठारीलाई नियन्त्रण गर्ने मेराे मुख्य लक्ष्य रहेकाे एसपि किशन कर्मचार्यले बताउनु भयाे ।

पर्सा जिल्ला तस्करहरुकाे अखडा बन्दै गईरहदा त्यसलाई नियन्त्रण गर्न एसपि कर्मचार्य लागि परेका छन । आफु सक्रियताका साथ आफ्ना मातहतका सबै प्रहरी युनिटलाई तस्करी राेक्न कडा रुपमा निर्देशन दिदै आएको बताए । अहिले विभिन्न सीमानाकाहरुबाट ओसार पसार भईरहेकाे अबैध सामामनहरु सशस्त्र प्रहरी बल नेपालकाे टाेलिले अबैध समानहरु निकै कडाईका साथ बरामद गरिरहेकाे छ । सिमाबाट हुने चाेरि तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी बल निकै सक्रियताका साथ अबैध सामानहरु धमाधम नियन्त्रणमा लिन थालिएकाे छ एसमी कर्मचार्यले बताए ।

त्यस्तै सशस्त्र प्रहरी बल, नेपाल FOB ICP बाट खटिएको मोबाईल गस्ती टोलीले वी.म.न.पा. – १७ स्थित ICP ईलाकाबाट एउटै नम्बर प्लेट UP70FT2525 भएका २ वटा भारतीय ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय बुझाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close