शिक्षाको आर्जनको साथै सामाजिक कार्यहरु पनि गर्न आवश्यक रहेको छ – प्रमुख अतिथी उपमेयर आलम ।

३० भाद्र वीरगन्ज । प्रमुख अतिथी वीरगन्जका उपमेयर इम्तियाज आलमले आजको समयमा बिद्यार्थी भाइबहिनीहरु ले शिक्षा आर्जन गर्नुका साथै सामाजिक सेवा कार्यहरु गर्न आवश्यक रहेकोमा जोड दिनु भएको छ । वेल विशर्स वीरगन्ज द्वारा शनिबार वीरगन्जको बिपिसी कलेजको सभाहलमा ” बैज्ञानिक शिक्षा भन्दा नैतिक शिक्षा वेस ” बिषयमा आयोजित वादविवाद प्रतियोगियामा प्रमुख अतिथीको रुपमा यस्तो धारणा व्यक्त गरेका छन । सामाजिक कार्यहरुले नै मानिसको संस्कार संस्कृति जोगाउदै आपसी भाइचारा लाई बलियो बनाउदछ ।

हामिले आफ्नो संस्कार एवं संस्कृती बिर्सनु हुदैन यस्को जगेर्ना गर्नु पर्दछ । बिधार्थी भाइ बहिनीहरुको लागि उर्जा पुर्याउने यस्तो कार्यक्रमहरुको आयोजना गरेको वेल विशर्स परिवारलाइ धन्यवाद पनि दिदै यो संस्थाले बिगतका समयहरुमा विभिन्न किसिमका सामाजिक सेवाका कार्य गर्दै गरेकोमा आफू निकै खुशी लागेको र तपाईं सम्पुर्ण ले हातालो गरेर वीरगन्जको सरसफाइ लगायत वृक्षारोपण ,ब्ल्ड डोनेशन , स्वास्थ्य सम्बन्धी कार्य गर्दै हाम्रो र राम्रो वीरगन्ज बनाउनुस म जहिले पनि तपाइहरुकै साथमा रहनेछु र महानगरको आवश्यकता परेको खण्डमा महानगरले पनि सहयोग साथ दिने छ भन्दै बिजेताहरुलाइ ट्रफी, प्रमाणपत्र ,मेडल र उपहार प्रदान गरि उज्ज्वल भविस्यको कामना गरेका छन ।

वीरगन्जका १३ स्कुलहरुले भाग लिएको सो वादविवाद प्रतियोगितामा गौतम स्कुलका सृष्टि श्रेष्ठ प्रथम भएका थिए भने होलिलैण्ड स्कुलका दिपिका कर्ण दोस्रो र एन्जल स्कुलका आचल पटेल तृतीय भएको निर्णायकहरु विवेक गिरि,आनन्द साहर रंगरन्जन साहले निर्णय गरेका थिए । विजेताहरुलाइ प्रमुख अतिथी बिशिस्ट अतिथी अतिथी र निर्णायकहरुले ट्रफी, मेडल, प्रमाणपत्र र विभिन्न उपहारहरु प्रदान गरिएको थियो भने सहभागी सम्पुर्ण लाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

सो अवसरमा वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहले बिद्यार्थी भाइबहिनी हरुलाइ यस्ता कार्यक्रममा सहभागी भएर एकदमै जोशिलो आटिलो तवरले वाद विवादमा आआफ्नो पक्षमा विभिन्न तर्कहरु राखेर प्रतिभाको प्रदर्शन गर्नु भयो त्यस्को लागि तपाईं सम्पुर्ण नै विजेता हुनुहुन्छ भन्दै बिधार्थीहरुको लागि महत्त्वपूर्ण यस्ता कार्यक्रम आयोजना गरेकोमा वेल विशर्स टिम लाई बधाई एवं धन्यवाद दिदै वेल विशर्स टिमले कोरोना पछिको होलि को समयमा जब हामि सबैजना घरपरिवार र ठुलो ठुलो पार्टी प्यालेस होटेलहरुमा होलिको शुभकामना आदानप्रदान गरिरहेको बेला यहि टिमले वीरगन्ज कारागारका बन्दिहरु र आसपासका गरिब असहायकाहरुका छोराछोरीहरु अध्ययनरत कारागार परिसरमा रहेको समता स्कुलमा पुगेर खानेकुरा, स्टेशनरी सामाग्री बाडेर बालबालिकाहरु लाई अबिर लगाइ होलि को खुशियाली मनाएको आफू प्रत्यक्षदर्शी रहेको र त्यही दिन देखि वेल विशर्स टिम प्रती म नतमस्तक भएको थिए र यो कार्यमा नैतिक शिक्षा को ठूलो योगदान रहेको पनि आफुलाइ महसुस भएको थियो एवं यो क्रम उहाहरुले विभिन्न समयमा विभिन्न कार्यहरु गरि अझ उचाइमा लग्दै हुनुहुन्छ यो वीरगन्जवासी भएकोले मलाइ गर्व महसुस हुँदै आइरहेको छ र उहाहरुको एवं आजका सहभागी सम्पुर्ण प्रतिभागिहरु लाई बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना प्रदान गर्नु भएको थियो ।

वेल विशर्स वीरगन्जका अध्यक्ष आदर्श ठाकुरको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बिशिस्ट अतिथिहरु बिन्दवासिनी गाउपालिका का उपाध्यक्ष ज्योती चौरसिया,वीरगन्ज जेसिजका अध्यक्ष अरविन्द श्रेष्ठ ,वीरगन्ज कपडा बैंक का अध्यक्ष लालबाबु सिंह ,श्रीपुर वडाप्रहरी कार्यालयका प्रसनी टेक बहादुर कार्की ,प्रारुप फाउन्डेसनका संचालक दिलिप प्रजापति , परिवार बचत तथा ऋण सहकारी संस्थाका संचालक मुन्ना ठाकुर,सामाजिक अभियन्ता दिलिप कार्की, संजाल राष्ट्रिय दैनिकका संचालक कृष्ण श्रीवास्तव,उपमेयरका स्वकीय सचिव शेसकुमार हजरा, युवा सामाजसेवि धर्मराज यादव, नवीन समानी , ओम कुमार झा, बिक्की सराफ,रिशु वर्मा,आकाश साह लगायत वीरगन्जका १३ स्कुलका सहभागी बिद्यार्थी,शिक्षकहरुको सहभागिता रहेको कार्यक्रममा स्वागत मन्तव्य रुपसी क्षेत्रीले र सहजीकरण रेडम बानियाले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close