डाक्टर माथी भएको सांघातिक आक्रमण को विरोध गर्दै नेपाली कांग्रेस मधेस प्रदेश निकट स्वास्थ विभाग द्वारा प्रेस बिज्ञपति

हेटौंडा स्थित सन्चो अस्पताल मा कार्यरत रहेका डाक्टर द्वय विकास थापा र प्रशान्त विडारी माथि भएको सांघातिक हमला प्रति नेपाली कांग्रेस मधेस प्रदेश स्वास्थ्य विभाग ले घोर भत्सना गर्द मरणासन्न हुनेगरी कुटपिटबाट घाइते भएका डाक्टरहरु को शिघ्र स्वास्थलाभको कामना सहित आपराधिक मनसायले अस्पतालमा हुलहुज्जत गर्ने र सांघातिक आक्रमण गर्ने प्रति अभिलम्ब कडा भन्दाकडा कारावाहीको लागि नेपाल सरकार संग माग गरेको छ ।

त्यस्तै डाक्टर लाई कुटपिट र हुलहुज्जत गर्ने विरुद्दमा २७ गते नेपाल चिकित्सक संघले नेपाल सरकारलाई दिएको ७२ घन्टे अल्टिमेटमको वेवास्ता गरी घटनालाई गम्भीरतापूर्वक नलिएको हुनाले विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै आन्दोलन गरिरहेका डाक्टरहरुको मागलाई तत्काल सम्बोधन गर्दै बिरामीहरुको जीवनरक्षाका लागि अभिलम्ब निर्णय लिन नेपाली कांग्रेस मधेश प्रदेश स्वास्थ्य विभागनेपाल सरकार सँग माग गरेको छ ।

त्यस्तै प्रेस बिज्ञप्ति मा स्वास्थ्य जस्तो संवेदनसिल क्षेत्रमा कार्यसम्पादन गर्ने डाक्टर तथा स्वास्थ्यकर्मी माथि हुने वर्वर हिंसा मान्य हुन नसक्ने तथा यस्ता गतिविधिलाई निस्तेज गर्न गराउन सम्बन्धित सरकारी निकाय जिम्मेवार हुनु पर्ने र यस्ता घटना र गतिविधिले चिकित्सक एवं स्वास्थ्यकर्मिको मनोवल घट्ने र चिकित्सा क्षेत्रमा संकट उत्पन्न हुने तर्फ जिम्मेवार निकाय सचेत रहनुपर्दछ चिकित्सकहरुको मागमा ऐक्यबद्दता प्रकट गर्दै तुरुन्तै उँहाहरुको मागलाई सम्बोधन गर्न र नागरिकको जिउ ज्यानको सुरक्षाका साथै विरामीहरुको उपचारको वातावरणलाई सहज बनाउनगम्भिरता पुर्वक नेपाल सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

यस माग र विज्ञप्तिलाई वेवास्ता गरेमा नेपाल सरकार र मातहतका निकाय विरुद्ध विभिन्न आन्दोलनका कार्यक्रम गर्न गराउन बाध्य हुने स्वास्थ विभाग रहेकी शर्मिला थापाले संदेश मार्फत जानकारीका लागि सबैमा अनुरोध गरेकी छिन ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close