सामाजिक सद्भाव र मेलमिलाप कायम राख्न बिरगंज महानगरपालिकाको अपिल

राहुल गुप्ता

बिरगंज महानगरपालिकामा आज सद्भाव र्‍याली निकालिएको छ । पछिल्ला दिनहरूमा सामाजिक सद्भाव खल्बलिने गरी गतिविधि बढेकोमा चिन्ता व्यक्त गर्दै सद्भाव रैली निकालीएको छ।

बिरगंजमा पनि धार्मिक तथा साम्प्रदायिक सद्भाव खलबलिने अवस्था आउन नदिन सद्भाव रैलिको आयोजना गरिएको छ। केही दिन देखि सर्लाहीको मलंगवामा धार्मिक सद्भाव बिग्रेको कारण बिरगंज लगायतका धनुषा जिल्लाको जनकपुरमा घटेका घटना र त्यसबाट भएको क्षतिप्रति दु:ख व्यक्त गर्दै यस प्रकारका घटना अब मुलुकभित्र कहिल्यै हुन नदिने वातावरणका लागि सरकार,राजनीतिक दलहरु,सम्बन्धित पक्षसँग आग्रह गरेको छ।

सद्भाव रैलीमा बोल्दै बिरगंज महानगरपालिकाका मेयर राजेशमाम सिहंले नेपाली शब्दलाई नश्लिए सोच भन्छन् त्यस्ता ब्यक्तिहरु लाई समाजबाट बहिस्कार गर्नु पर्ने बताए । त्यस्तै जुन ब्यक्तीले समाज लाइ आपसमा लडाउने काम गरेर आफ्नो खल्ती भरिरहेको छ त्यस्ता लाई प्रशासन ले कार्वाही नगरेको खण्डमा सम्पुर्ण बिरगंजवाशीले रामधुलाइ गर्न अतिआवश्वक रहेको बताए ।

आज भएको रैलीमा प्रहार डेलि संग कुरा गर्दै बिरगंज महानगरपालिकाका उप-मेयर इम्तियाज आलमले नेपालीको सवैभन्दा ठूलो शक्ति भनेकै नेपाली-नेपाली बीचको सदियौंदेखिको आपसी प्रगाढ सम्बन्ध, एकअर्काबीच भातृत्वभाव,सामाजिक सद्भाव र मेलामिलाप नै भएको बताए । एकलाई परेका वखत अर्काले उदार भावले सघाउने, वेदना बाँडचुँड गर्ने पहिचान बोकेका नेपालीको सम्बन्धमा कहीकतैबाट पनि खलल पार्ने काम नहोस भन्नेतर्फ चनाखो रहन उनले आग्रह गरे ।

सदभाव रैली बिरगंज आदर्शनगरस्थित स्विमिङ्ग पुलबाट निस्की नगर परिक्रमा गर्दै सामाजिक सदभाव कायम गरौ, हामी सबै दाजुभाइ,दिदिबहिनी हौं भन्दै जिल्ला प्रशासन पर्सामा ज्ञापनपत्र बुझाएका छन।

वीरगन्ज महानगरपालिकाको आयोजनामा भएको सद्भाव रैली मा महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंह , उप प्रमुख इम्तियाज आलम को अगुवाईमा निकालिएको थियो । उक्त सदभाव रैलिमा बिरगंज महानगरपालिकाका कर्मचारी,सम्पुर्ण सामुदायिक बिधालयका शिक्षक,शिक्षिका नगरवासी लगायत स्थानीय नेता,विभिन्न पार्टीका अगुवा समाजसेवीहरुको सहभागीता रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close