
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख अतिथित्व मा आज मधेश प्रदेशको समसामयिक सुरक्षा सम्बन्धि प्रदेश स्तरिय अन्तरक्रिया कार्यक्रम बर्दिवास को गौतम होटेलमा सप्पन्न भएको छ।
मधेश प्रदेशका कतिपय ठाउँमा धार्मिक सद्भाव बिथोल्ने तत्त्वहरू सक्रिय रहेको तथा धार्मिक दन्द फैलिन सकिन कारण देखाउदै यस लाई रोक्नु पर्ने माग गरिएको छ । मिटरब्याज नियन्त्रण कानुन र आयोग बने पनि त्यसलाई निरुपण गर्ने सन्दर्भमा कतिपय गलत नियत भएका व्यक्तिबाट वाधाव्यवधान खडा गर्न खोजिएको, कतिपय पालिकाका जनप्रतिनिधिहरूको बेमेलले समेत सुरक्षा चुनौती खडा गरेको, सामाजिक सञ्जालमा आउने कतिपय सामग्रीले उत्तेजना निर्माण गर्न खोजेको लगायतका समस्याहरु रहेका छन ।
सो कार्यक्रममा बोल्दै विशिस्ट अतिथी तथा मधेश प्रदेश का कार्यवाहक मुख्य मन्त्री एवम् भौतिक विकाश मन्त्री कृष्ण यादवले बोल्दै संघीयता भएको ६ वर्ष भइसकेको तर अहिले सम्म एन कानुन बनाइएको छैन । त्यस्तै धेरै पार्टीहरुले संघीयता लाई नै खारेजी गर्नुपर्ने मागगरी रहेका छन । यस्तो अवस्था मा प्रदेश सरकारहरु माथी नै चिन्न खडा भएको छ । त्यस्तै उनले गृहमन्त्री को ध्यानाकर्षण गर्दै देश संघीयता मा गएको ले छिटो भन्दा छिटो प्रदेश को विकास को लागी चाहिने कानुन बनाएर दिन अनुरोध गरे ।त्यस्तै उनले मधेस प्रदेश अरु प्रदेश भन्दा गरिब प्रदेश रहेको तथा यहाँ कुनै पनि प्राकृतिक सम्पदा नरहेको ले हामी पुरै कृषि मा आधारित रहेका छौ । खेती को लागि पनि राम्रो सिचाइ को ब्यवस्था नरहेको बेलै मा खाद्य पाउन नसकिएको तथा बजार ब्यवस्थापन गर्न नसकिएको आदि धेरै नै समस्या रहेको बताए । केन्द्रिय सरकार ले बेलैमा कृषि को लागी चाहिने कुराहरु उपलब्ध नगराएको ले किसानहरु धेरै समस्या परेको बताए।
त्यस्तै सो कार्यक्रम मा बोल्दै मधेस प्रदेश का गृहमन्त्री महम्मद सलिम ले प्रदेश को अधिकार लाई सस्थांगत गर्न तथा बलियो बनाउन अधिकारहर को विकेन्द्रीकरण गर्न एकदम जरुरी रहेको बताए । स्थानिय सरकारले कहिले सम्म प्रदेश को मुख हेर्ने , प्रदेश सरकार ले कहिले सम्म केन्द्रिय सरकार को मुख हेर्ने यो समस्या समाधान गर्न छिटो भन्दा छिटो कानुन बनाउन लाग्नु पर्ने बताए । अहिले सानो भन्दा सानो समस्य समाधान गर्न हामी ले केन्द्र सरकारको मुख हेरेर बस्नु परेको बताए ।
सो अन्तरक्रिया कार्यक्रममा नेपाल सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठ , मधेश प्रदेशका कार्यवाहक मुख्यमन्त्री एवंम भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण प्रसाद यादव र मधेश प्रदेश गृहमन्त्री महमद समिम लगायत प्रहरी प्रमुखहरु, सुरक्षाकर्मीहरु उपस्थित रहेको थियो ।




