
वीरगंज, पर्सा
द बंगाल चम्बर लका सहायक निर्देशक सम्बित दास गुप्ता र नेपाल भारत उद्योग वाणिज्य संघ बीरगंज च्याप्टरका कार्यवाहक अध्यक्ष निरज अग्रवालको उपस्थितिमा भेटघाट र परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा संघका महासचिव आकाश सर्राफ,
कोषाध्यक्ष अवदेश सरावगी र सदस्य जगत गुप्ता,सुदीप खेतान,ज्योति रुड्टा,विकी जयपुरिया,रौनक
केपाल,गौरव अग्रवाल,धीरज अग्रवाल,सौरभ शाह, देवेरतको उपस्थिती रहेको थियो ।
उक्त बैठकमा सम्बित दासगुप्ता द बंगाल चेम्बर को बारेमा र उसले गरेको कार्य को बारे र साथ साथै उहाँ आउने डिसेम्बरमा १४ देखि १९ सम्म खरगपुर ट्रेड फेयरमा आउने निम्तो समेत दिनु भयो । आउने दिनमा नेपाल भारत उद्योग वाणिज्य वीरगंज चप्टर ले आफ्नो सम्पूर्ण सदस्य संघ द बंगाल चेम्बर भम्रण र व्यापारको अरु नयाँ नयाँ जानकारीको लागि आउने निम्तो समेत दिनु भएको नेपाल भारत उद्योग वाणिज्य संघ बीरगंज च्याप्टरका महासचिव आकाश सर्राफले जानकारी दिए।