वीरगंज महानगर द्वारा बिरगंजको विभिन्न किराना पसलहरु मा अनुगमन

वीरगंज, पर्सा
वीरगंज महानगरपालिकाको बजार व्यवस्थापन तथा अनुगमन समितिको टोली ले बिरगंज वडा नं ८ स्थित मिनाबजारका एरियाको विभिन्न किराना पसलमा अनुगमन गरेको छ। अहिले चार्डपर्वको समयमा कालो बजारी तथा महँगी हुने गरेकोले गर्दा बजार ब्यवस्थापन तथा अनुगम बढाइएको छ । यसै क्रममा आज विभिन पसलहरुमा अनुगम गरि बिभिन्न किसिमका स्पायर सामानहरू जफत गरी नष्ट गरिएको जरिवाना समेत गरिएको छ।

बिरगंज को वडा नं ८ स्थित मिनाबजारमा रहेको मुकेश एण्ड केसरी किराना पसल लाइ २५०० जरिवाना गरिएको छ । उक्त पसल ले ब्यवसाय प्रमाणपत्र नलिएकोले एक पल्टलाई २५०० जरिवाना गरिएको जनाएको छ । त्यसतै आयुष गल्ला किराना पसल ले मखना मिति नाघेको राखेको कारन जफत गरि जलाएर नस्ट समेत गरिएको छ। अमित किराना स्टोर , न्यु कनैहा किराना पसल एस.एस. स्टोर लगायत विभिन्न किराना र थोक पसलहरु लाई मिति नाघेको समान राखेको र ब्यवसाय प्रमाणपत्र नलिएको, अखाद्य बस्तु बिक्री बितरण गरेको पाइएको र जरिवाना गरि आउने दिनमा कडा कारवाही गर्ने चेतावनी समेत दिइएको जनाएको छ ।

आज भएको अनुगममा वीरगंज महानगरपालिकाको बजार ब्यवस्थापन तथा अनुगमन बिरगंज महानगरपालिकाका शाखा प्रमुख बिपिन लाल दास,प्रतिशा बैध ,कर्मचारी शुशान्त चौधरी , सशस्त्र असइ प्रहरीका वीर बहादुर लामा,नेपाल प्रहरीका रन्जित कुमार ठाकुर,गुणस्तर तथा नाप तौल कार्यलयको प्रतिनिधि ,जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि,पत्रकार राहुल गुप्ता,होटल संघका अध्यक्ष हरि पन्त लगायतको उपस्तिथि रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close