
राहुल गुप्ता
पर्सा जिल्ला मा राति ९ बजेसम्म मात्र देउसी-भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रहरी कार्यालय, पर्साले चाडपर्वको समयमा आपराधिक घटना हुन सक्ने भएकाले राति ९ बजेसम्म मात्रै देउसी-भैलो खेल्न पाइने र पटका पडकाए कार्वाही हुने जनाएको हो ।
पत्रकार राहुल गुप्ता संग कुरा गर्दै पर्सा का प्रहरी उपरीक्षक कोमल शाह ले तिहारको समयमा जुवातास खेल्ने र खेलाउने कार्य गरिएमा कानुन अनुसार कारबाही हुने उनले बताए । मादक पदार्थको सेवन गरी होहल्ला गर्ने, समाजमा शान्ति सुरक्षामा खलल पुर्याउने काम गरेमा कानुन अनुसार कारबाही हुन कार्वाही गरिने बताए।
त्यस्तै चाडपर्वका बेलामा यात्रुलाई हैरानी हुनसक्ने भन्दै वीरगञ्जको बसपार्क, परवानीपुर चोक र भारतबाट नेपालको प्रवेश बिन्दु शङ्कराचार्य द्वार अगाडि प्रहरीको विशेष निगरानी समेत बढाइएको पनि उनले बताए ।
‘चाडपर्वको मौका छोपी साना तथा ठूला दुरीका सवारीसाधनले यात्रुलाई ठग्ने, बढी भाडा असुल गर्ने, क्षमता भन्दा बढी यात्रु चढाउने जस्ता गुनासो समेत आउने गरेका छन्,’ एसपी शाहले भने, ‘त्यस्तो समस्यालाई न्यूनीकरण गर्दै यात्रुलाई सुरक्षित ढङ्गबाट गन्तव्य तर्फ पु¥याउने हाम्रो उद्देश्य हो । त्यसका लागि विभिन्न स्थानमा यात्रु सहायता कक्ष पनि हामीले समेत स्थापना गरिएको उनले बताए ।