
बाराको परवानीपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २२०८२/८३ का लागि ३४ करोड ६९ लाख रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । सोमबार आयोजित परवानीपुर गाँउपालिकाको १६ औं गाउँसभा अधिवेशनमा गााउपालिका उपाध्यक्ष सुगान्धी देवी कानुको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले आगामी आर्थिक वर्षलागि ३४ करोड ३४ लाख ६९ हजार १ सय ५८ रुपैयाँ बराबरको अनुमानित आयव्यसहितको बजेट प्रस्तुत गरेका हुन् ।
परवानीपुुर गाँउपालिकाले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकाससंगै युवा र महिलालक्षित कार्यक्रमहरूलाई विशेष प्राथमिकता दिइएको रौनियारले बताए ।समावेशी र समन्यायिक विकासको लक्ष्यलाई पुरा गर्ने उदेश्यले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याइएको उनले बताए ।विकास निर्माणका योजनासंगसंगै मानव विकासका सूचकहरूमा सुधार ल्याउने कार्यक्रमहरूलाई प्राथमिकता दिइएकोपनि उनले बताए ।
नगरसभालाई सम्बोधन गर्दै गाँउपालिका अध्यक्ष रामक्षत्री कुर्मीले नागरिकको जीवनस्तर उकास्ने खालका योजनाहरु ल्याइएको बताए ।
गाउँपालिका अध्यक्ष कुर्मीको अध्यक्षतामा आयोजित गाँउसभामा उपाध्यक्ष सुगान्धि देवी कानु, प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियार, वडाध्यक्ष, गाँउकार्यपालिका सदस्य, वडासदस्य ,कर्मचारी लगायतकाकोपनि सहभागिता रहेको थियो ।




