सशस्त्र प्रहरी पर्सा द्वारा अबैध पशु चौपाया बरामद

सशस्त्र प्रहरी पर्सा द्वारा अबैध पशु चौपाया बरामद

सशस्त्र प्रहरी बल पर्साले अबैध रुपमा भारत बाट नेपाल भित्र्याउन खोजेका पशु चौपाया लाइ नियन्त्रणमा लिएको छ । बिरगंज महानगरपालिका वडा नं२४ रामघढवामा अबैध रुपमा ल्याएको पशु चौपायालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी १३ नं गणबाट खटिएको गाडी मोवाईल टोलीले भारतबाट अबैध रुपमा भन्सार छलि गरि नेपाल तर्फ ल्याउदै गरेको मुल्य रु. ४,५१,०००।- बराबरको भैसी ११ वटा र पांडा ९ बटा गरी जम्मा २० वटा पशु चौपाया लाइ नियन्त्रणमा लिएको छ । प्रहरीलाई देख्ने बितिकै सो चौपाया छाडी तस्करहरु भागेकोले उक्त पशु चौपाय नियन्त्रणमा लिएर विरगंज भन्सार कार्यालयको रोहबरमा लिलाम समेत गरेको जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close