
राहुल गुप्ता
सशस्त्र प्रहरी बल नेपालको २३ औ सशस्त्र प्रहरी दिवस २०८० को अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरि सम्पन्न भएको छ। सोही अवसरमा आज सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हेड्क्वाटर पर्सा द्बारा सशस्त्र प्रहरी पर्साको प्राङ्गणमा जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हेडक्वाटर पर्सा बिच मैत्रीपूर्ण भलिबल खेल प्रतियोगिता आयोजना गरिएको छ।
Best Of Five को आधारमा संचालन गरिएको उक्त मैत्रीपूर्ण भलिबल खेलमा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले ३-२ को सेटमा विजयी भएको छ । उक्त प्रतियोगितामा बिजेता तथा उप-बिजेता टिमका खेलाडीहरुलाई सशस्त्र प्रहरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक किसन कर्माचार्यद्बारा शिल्ड तथा मेडल प्रदान समेत गरिएको सशस्त्र प्रहरी बल पर्साका नायब उपरीक्षक संगम श्रेष्ठले जानकारी गराएका छन।
आफ्नो प्रतिक्रिया दिनुहोस




