पकाहामैनपुर गाउँपालिकामा सेवाग्राहीलाई सास्ती,अख्तियारको छापाले पालिका सुनसान

पकाहामैनपुर गाउँपालिकामा सेवाग्राहीलाई सास्ती , अख्तियारको छापाले पालिका सुनसान

राहुल गुप्ता
पर्सा स्थित पकहामैनपुर गाउँपालिकामा सरकारी सेवा लिन आउने सेवा ग्राही अहिले मर्कामा परेका छन । समयमा कर्मचारी नआइदिने,हाजिर गरेर निस्कि दिने जस्ता कार्यले गर्दा सेवाग्राहीले सास्ती भोग्नुपरेको छ। कामको लागि आईपुगेको प्रमोद गोडले कार्यालय समयमा काम नहुँदा समय खेर गएको बताए। १० बजे देखि नै कार्यालयमा आएको उनी गाउँपालिका अध्यक्ष सुरेश मेहेता देखि प्रमुख प्रशासकीय अधिकृत उदय शंकर चौधरी र सम्बन्धित फाँटका कर्मचारी कोही पनि भेटेनन।यस सम्बन्धि कार्यालय सहयोगीलाई सोध्दा उनले जानकारी नभएको बताएका थिए ।

त्यस्तै पकाहामैनपुरमा अख्तियार अनुसन्धान आयोगले छापा मारेको कारणले गर्दा पनि कर्मचारी तथा जनप्रतिनिधिहरु गाउँपालिकामा नआउने गरेको एक स्थानियले बताए।पकहाँमैनपुर गाउँपालिकामा तिनदिन देखि अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले छानबिन गरिरहेको थियो।पकाहामैनपुर गाउँपलिकामा बिकासको नाममा बढी भ्रस्टाचार मात्र हुने गरेको छ। करोडौं बजेट कागजी रुपमा मात्र सिमित रहेको स्थानियको उजुरी पछि अख्तियार अनुसन्धान आयोगको हेटौंडाको टोलिले ३ दिन देखि विभिन्न योजनाका कागजातहरु नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो ।

गाउँपालिकाले संचालन गरेको विभिन्न विकासका योजना,सामाजिक,शिक्षा,लघु उद्यम बिकास तालिम कार्यक्रम,बिधालयहरुको दिवा खाजा,सेनेटरी प्याड लगायत योजनाहरु कागजी रुपमा मात्र हुने गरेको र यस्मा ठूलो अनियमिता भएको स्थानीयले बताउदै आएका थिए । त्यस्तै पकहामैनपुर गाउँपालिकाको वडा नं. १ धोरेमा हरेक वर्ष छ्ठ पर्वको अवसरमा लाग्ने मेलामा कुस्ती प्रतियोगितामा भएको पच्चीस लाख खर्चको र एउटै बाटोमा दुई दुई पटक माटो ग्रेबलमा करोडौ अनियमिता गरि भुक्तानी गरेको विषयलाई लिएर पनि ठूलो अनियमितता भएको स्थानीयहरुले आरोप लगाएका थिए।

विकासको नाममा भ्रष्टाचार बाहेक केही नगरेको उक्त गाउँपालिकाका अध्यक्षले राजनीतिक भागबन्डा लगाउनमा मात्र ब्यस्त हुने गरेको एक वडा अध्यक्षले बताए । त्यस्तै आफू निकट ब्यक्तिहरु लाई गाउँपालिकामा नियुक्ति गरेर उनले गाउँपालिकालाई आर्थिक भार थप्ने काम मात्र गरेको एक बुद्धिजीवीले बताएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close