
पोखरीया नगरपालिका वडा नं ८ मा घटेको घटनालाई लिएर इलाका प्रहरी कार्यालय पोखरियाले मृतकको शरीर दाह संस्कारको लागि आफन्तलाई बुझाएको छ ।
पोखरिया नगरपालिका अन्तरगत वडा नं ८ निवासी बृजकिशोर यादवको श्रीमती वर्ष २२ कि सुनिता देवीको झुन्डिएको अवस्थामा फेला परेको थियो। इलाका प्रहरी कार्यालय पोखरीयाका प्रमुख प्रहरी निरीक्षक मोहन बिक्रम के.सि ले मृतकको शव परिक्षण भएपछी निजका नाता पर्ने ससुरा हरिन्द्र राउत यादवको जिम्मा लगाएको बताएका छन।
आफ्नो प्रतिक्रिया दिनुहोस