सशस्त्र प्रहरीको पकहाँ मैनपुरमा स्वास्थ्य शिविर सञ्चालन, पाँच सयभन्दा धेरै जनता लाभान्वित

सशस्त्र प्रहरीको पकहाँ मैनपुरमा स्वास्थ्य शिविर सञ्चालन, पाँच सयभन्दा धेरै जनता लाभान्वित

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेड क्वाटर पर्साले  शनिबार आयोजना गरेको स्वास्थ्य शिविरबाट भारतीय सीमावर्ती सहर भेलाहीसँगै जोडिएको पकहाँ मैनपुरका पाँच सयभन्दा धेरै सर्वसाधारणले स्वास्थ्य लाभ लिएका छन् ।

सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले जनतासँग सम्बन्ध सुधार गर्ने उद्देश्यले शनिबार पकहाँ मैनपुर गाउँपालिका–३ स्थित रामचरित्र भगवत माध्यमिक विद्यालयमा शिविर सञ्चालन गरेको शिविरमा ज्येष्ठ नागरिक,महिला,पुरुष तथा बालबालिकाको उल्लेखनीय मात्रामा सहभागिता रहेको थियो ।

सशस्त्र प्रहरी बलले प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टर, स्वास्थ्य शिविर पकहाँ मैनपुर गाउँपालिका, वीरगञ्ज सामुदायिक  आँखा केन्द्र, रोहित फाउण्डेसन÷क्वेष्ट फर्मासिक्टिकलको सहयोगमा सञ्चालन गरेको शिविरमा स्त्री तथा प्रसुति रोग विशेषज्ञ सेवा,हाडजोर्नी सेवा, जनरल फिजिसियन र आँखा सम्बन्धि स्वास्थ्य सेवा उपलब्ध गराएको थियो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेड क्वाटरका गणपति राधेश्याम धिमालले सीमा क्षेत्रमा सुरक्षामा खटिने सशस्त्र प्रहरीले सीमाबासीसँग सम्बन्ध विस्तार गर्नका लागि स्वास्थ्य शिविर आयोजना गरेको जानकारी दिनुभयो ।‘‘सीमा सुरक्षामा तैनाथी रहने सशस्त्र प्रहरीले केन्द्रीय कार्यालयको निर्देशन अनुसार नै स्वास्थ्य शिविर  गरेका हौं,’’ उनले भने,‘स्वास्थ्य शिविरबाट सीमा क्षेत्रका जनता लाभान्वित हुनुभएको छ ।’

सो शिविरमा ज्येष्ठनागरिक, महिला तथा बालबालिकाको स्वास्थ्य जाँच गरेर निशुल्क रुपमा औषधी वितरण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सशस्त्र प्रहरी बलले सीमा क्षेत्रका जनताको स्वास्थ्य  सुधार्नको लागि शिविर आयोजना गरेर सह्रायिन काम गरेको बताए ।‘‘यस्ता शिविर आगामी दिनमा पनि निरन्तरता दिन जरुरी छ,’ उनले भने‘यसले सशस्त्र प्रहरी र जनताबीच सम्बन्ध सुधार्न मद्दत पु¥याउनेछ ।’’

स्वास्थ्य शिविरमा स्त्री तथा प्रसुतिरोग,हाडजोर्नी,जनरल फिजिसियन तथा आँखाको जाँच सेवा प्रदान गरिएको थियो । फिजिसियन डा. रविशंकर साह, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. लक्ष्मी थापा, हाडहोर्नी विशेषज्ञ डा. अरविन्द साह, ,नेत्र अधिकृत महेशसिंह धामीसहितका सशस्त्र प्रहरीका स्वास्थ्यकर्मी विभिन्न खालको स्वास्थ्य सेवा उपलब्ध गराएका थिए ।
स्वास्थ्य शिविर कार्यक्रमका संयोजक दिलिपराज कार्कीले सशस्त्र प्रहरीले सीमा क्षेत्रमा कडाई गर्ने मात्रै नभएर जनतालाई स्वास्थ्य शिविर गरेर उदाहरणीय कार्य गरेको बताए ।

‘‘सशस्त्र प्रहरीले सीमा क्षेत्रमा कडाई मात्रै गर्दैन । जनताको स्वास्थ्यप्रति पति सचेत रहेको देखाएको छ,’ उनले भने ‘‘यस्ता खालका स्वास्थ्य शिविर निरन्तर रुपमा गर्न जरुरी हुन्छ ।’ पकहाँ मैनपुर गाउँपालिका अध्यक्ष सुरेशप्रसाद मेहताले स्वास्थ्य शिविरबाट यहाँका जनताले घरदैलोमा स्वास्थ्य सेवा पाएको बताए । सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्साल,पकहाँ मैनपुर गाउँपालिकाका उपाध्यक्ष सरफुन नेशा लगायतको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close