बिरगंज महानगरको रवैयाले ठेकेदार देखि असहायहर पीडित

बिरगंज महानगरको रवैयाले ठेकेदार देखि असहायहर पीडित

राहुल गुप्ता
बिरगंज महानगरपालिकाको रवैयाका कारण अहिले ठेकेदार देखि लिएर आर्थिक सहयोगका लागि आउने असहाय देखि दिनदुखीहरु धेरै पीडित भएका छन । ठेकेदारहरुले बिरगंज महानगरपालिकामा सम्पन्न गरेको बिकासको ठेक्काको पैसा बिरगंज महानगरले समयमा नदिएर थप आर्थिक भार आफुहरुलाई लगाएको आरोप लगाएका छन । बैंकबाट ॠण लिएर ठेक्काको सम्पुर्ण काम सम्पन्न गरेको तथा बिरगंज महानगरपालिका ले आफुहरु को पैसा समयमा नदिएर आफुहरुलाई झन समस्यामा परेको बताएका छन ।

त्यस्तै आर्थिक सहयोगका लागि आउने असहाय तथा दिनदुखीहरु पनि महिनो महानगरको कार्यलय धाउनु परेको बताएका छन । आर्थिक सहयोगको लागि दिएको निवेदनमा तोक लागेपनी चार चार महिना देखि पास नभएर बिरगंज महानगरले झन पीडित बनाएको बताउने गरेका छन । एक जना पीडितले यसरी महिनो आफुहरु लाई बेवास्ता गर्नुले बिरगंज महानगपालिकाको कामको गति कति सम्म ढिलासुस्तीले भइरहेको छ अन्दाजा लगाउन सकिन्छ । त्यस्तै एक जना पिडितले सहयोग को नाममा आफ्नो आसेपासेलाई मात्र पैसा बाड्ने काम भइरहेको बताएका छ। यसरी समयमा पैसा नदिने र आफ्नो आसेपासे कागजी पीडितलाई मात्र सहयोग उपलब्ध गराउने कार्यलाई बन्द गर्नु पर्ने बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close