
वीरगंज, पर्सा
ने.वि.संघ बिन्दवासिनी गाउँपालिकाको बैठक सम्पन्न सम्पन्न भएको छ।बिन्दवासिनी गाउँपालिकाको जि.पि. स्मृति भवन बहुअर्वाभाठा मन्दिर छेउमा बैठक सम्पन्न भएको हो।
ने.वि.संघ बिन्दवासिनी गाउँपालिका अध्यक्ष बिकाश पटेलको अध्यक्षतामा तथा जिल्ला सचीव सुधानसु प्रसाद चौरसिया विशेष उपस्तिथिमा बैठक बसि निम्न प्रस्ताव माथि छलफल गारी निर्णय पारित गरेको छ।
प्रस्ताव न १ मा संगठन बिस्तार सम्बन्धमा बिन्दवासिनी गाँउपालिका अन्तरगतका विद्यालयहरूमा ने.वि.संघ गठन बिस्तार गरेको छ।
प्रस्ताव न.२ मा बिन्दवासिनी गाउँपालिका ले प्रवाह गर्ने सेवा सुविधा तथा शौक्षिक क्षेत्र सम्बन्धि सूचना गा.पा संग माग गर्ने तथा विन्दादिनी गा.पा अन्र्तगत भ्रष्टाचार मौलाएको सम्बन्धमा जनगुनासो बढेकोले सो लाई नियन्त्रण गर्ने खबरदारी लगायतका अन्य कार्यक्रम गर्ने तथा गा.पा. ले सुचना उपलब्ध गर्न आलटाल गरेमा चरमणबद्ध आन्दोलन गर्ने सबै सहमतबाट निर्णय गरेको छ।
प्रस्ताव न.३ माथि छलफल गर्दा बिन्दवासिनी गा .पा.अन्तर्गत बिधालयहरुको दिवाखाजा , छात्रवृत्ति तथा शौक्षिक गुणस्तर उकास्ने तर्फ अवश्य समन्वय अनुगमन गर्ने सर्ब सहमतबाट निर्णय गरेको छ।




