धारापानी माध्यमिक बिद्यालयको व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घ पुनर्गठन

धारापानी माध्यमिक बिद्यालयको व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घ पुनर्गठन

वीरगंज, पर्सा

श्री धारापानी माध्यमिक बिद्यालय को विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घ पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा अन्नपूर्ण गाउँपालिका वडा नं ३ का वडाध्यक्ष फणीन्द्र प्रसाद पौडेल प्रमुख अतिथिमा तथा चन्दबहादुर गुरुङको‌ अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथिमा अन्नपूर्ण गाउँपालिकाका कार्यपालिका सदस्य चतुरमान विश्वकर्मा , गाउँपालिका शिक्षा अधिकारी बलराम भुगाई , शिक्षा प्रेमि महेश्वर पौडेल ,डिल्लीराम पौडेल ,विष्णु पौडेल ,जनप्रतिनिधि कृष्णप्रसाद पौडेल अभिभावककाे तर्फबाट खेम केसि लगायत शुभकामना व्यक्त गरेका थिए भने विद्यालयका प्रधानाध्यापक हरि प्रसाद भण्डारीले कार्यक्रममाथि प्रकाश पार्दै स्वागत गरेका थिए भने कार्यक्रम सञ्चालक शिक्षक नारायण पौडेल नयन ले गरेका थिए ।

नवगठित दुबै समितिमा विद्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक संघको अध्यक्षमा चन्द्रबहादुर गुरुङ,सदस्य : फणीन्द्र प्रसाद पौडेल, डिलबहादुर चदार,शिव पौडेल, तुलाराम पौडेल,नारायण पौडेल,राममाया परियार,शोभा के .सी ,सन्तुमाया चदारो,सरस्वती पौडेल,कल्पना वि.क,पुष्पा सुनार,रेखा नेपाली,शिक्षक प्र. नारायण पौडेल ,’ नयन ‘ शिक्षक प्र. सकुन्तला आचार्य ,सचिव: प्र.अ. हरिप्रसाद भण्डारी लाइ मनोनयन गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close