नेशनल मेडिकल कलेजमा सप्ताहव्यापी खेलकुद कार्यक्रमको शुभारम्भ

नेशनल मेडिकल कलेजमा सप्ताहव्यापी खेलकुद कार्यक्रमको शुभारम्भ

बिरगंज स्थित नेशनल मेडिकल कलेजले आजबाट आफ्नो वार्षिक सप्ताहव्यापी खेलकुद कार्यक्रमको शुभारम्भ गरेको छ। कलेजले फागुन ८ गतेदेखि १५ गतेसम्म सप्ताव्यापी खेलकुद कार्यक्रमको आयोजना गरेको हो।

कलेजको आफ्नै फिल्डमा आयोजित यो कार्यक्रमको उद्घाटन गर्दै कलेजका प्रबन्ध निर्देशक शाहनवाज अंसारीले खेलकुदको महत्वलाई जोड दिँदै विद्यार्थीहरूमा अनुशासन, सहकार्य र स्वास्थ जीवनशैलीको विकास हुने विश्वास व्यक्त गरे।

यस प्रतियोगितामा फुटबल, भलिबल, क्रिकेट, टेवलटेनिस, ब्याडमिन्टन, बास्केटबल, बुद्धिचाल (चेस) जस्ता खेलहरू समावेश गरिएको छ। कलेजका भइस प्रिन्सिपल डा. रविशंकर गुप्ताले खेलकुद कार्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई स्वास्थ्यप्रति जागरूकता र अनुशासन सिकाउनु रहेको बताए।

सप्ताहव्यापी खेलकुद कार्यक्रममा एमबिबिएस, बिडिएस, बीएमएलटी, बीएमआईटी र नर्सिङका विद्यार्थीहरूको सहभागिता रहेको थियो।

कलेजका प्रिन्सिपल डा. के ऐन सिंहको अध्यक्षतामा सो कार्यक्रममा नेशनल मेडिकल कलेजका एकेडेमी डाइरेक्टर डा. नुसरत जहाँ अंसारी, एडमिसन एवं मार्केटिङ डाइरेक्टर आबिद हुसैन अंसारी, हस्पिटल डाइरेक्टर डा. इसरत जहाँ अंसारी, डाइरेक्टर डा. रुबी अस्मिन्, मेडिकल एजुकेशनका डाइरेक्टर प्रो. डा. ए.के. कौशी, डेन्टलका भइस प्रिन्सिपल प्रो. डा. सरोज देव, नर्सिङका डाइरेक्टर प्रो. गंगा गुरुङ, नर्सिङका भइस प्रिन्सिपल प्रो. डा. बबिता सिंह लगायतका विद्यार्थीहरूको उपस्थिति थियो।

समापन समारोहमा विजेताहरूलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिने कलेजका प्रेस सलाहकार आशिक अंसारीले जानकारी दिएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close