
बारा, १० असार
कलैयाउपमहानगरपालिकाले पाँचौ नगरसभामा १ अर्ब ३० करोड ९९ लाख १७हजार सात सय ६९ को नितितथाकार्यक्रममा बजेट प्रस्तुत गरेको छ।
उपमहानगरपालिकाको सभाहलमाबुधवार नगरसभाको उपमहानगरपालिकाकाप्रमुख राजेश राययादव र उप(प्रमुख रहिमाखातुनले संयुक्त रुपमापानसमा बति बालेर नगरसभाको उद्घाटन गर्नु भएको थियो । उप(प्रमुखखातुनले आर्थिक बर्ष ७७र७८को लागिचालु तर्फ २१ करोड ९६ लाख ३६ हजार ८ सय र पुँजिगततर्फ ५९ करोड ३ लाख ८० हजार ९ सय ६९ गरि १ अर्ब ३० करोड ९९ लाख १७हजार सात सय ६९ को बजेट बिनियोजन गरेको छ ।
नितितथाकार्यक्रममाउपमहानगरपालिका क्षेत्रमा योजनातथाकार्यक्रम संचालनमामहिला, बालबालिका, आदिबासी, जनजातीआर्थिक तथा सामाजिक रुपमा पिछडिएका वर्ग तथा क्षेत्र जेष्ठ नागरिक, दलित, मधेशी, मुस्लिमतथा पिछडा वर्ग लैङ्गिकअल्पसंख्यकआदिको विकास र उत्थानकानिम्तिबिशेष जोड दिईने छ । समृद्ध कलैयाको अवधारणालाई सकार पार्न महानगरिय परिकल्पनाका साथअल्पकालिनतथा दिर्घकालिनविकासका योजनाहरु मार्फत समृद्ध कलैया शुखिकलैया नगरबासीनिर्माण गर्न जोड दिईएको छ ।
शिक्षा स्वास्थ्यलगायतका सामाजिकआर्थिक तथाभौतिकपुर्वाधारको विकास तथानिर्माण, कोरोनालगायत सबै प्रकारका स्वास्थ्यजोखिमबाट नगरबासीलाई सुरक्षित राख्दै संक्रमणको रोकथामतथा नियन्त्रणका लागिचालिएको कदमबाट नगरको कृषि उघोग निर्माण लगायतका अर्थतन्त्रमा पर्न गएको असरहरुको पुनरुत्थानगर्ने, नगरबासीकालागिकाम र रोजगारीको अवसरमा बृद्धि गर्ने लगायतउपमहानगरको प्रमुखप्राथमिकतामा रहेको छ ।
उपमहानगरपालिका कृषितथापशु पालनमाअधारित रहेकोले कृषिको माध्यमबाट आयआर्जन एवं स्वरोजगारको लागिविशेष प्राथमिक्ताका साथकार्यक्रमहरु संचालनगरिने, सम्भाब्यता पहिचानगरि प्रत्येक वडामा उखु पकेट, तरकारी पकेट, अर्गानिक तरकारी पकेट, बाख्रापकेट, दुधपकेट, अवधारणा अवलम्बनगरिने, ५ कठ्ठाजग्गामा केरा, मेवा, कागतीलगाउने कृषकलाई २ बर्षसम्म १० हजारका दरले अनुदानदिनको लागि कृषिविकास प्रबर्धन अनुदानकोषको ब्यवस्थागरिएको छ ।
उन्नतगाई वा भैसी पालनब्यवसायमार्फत पाँचवापाँचभन्दा बढी गाई भैसी पाल्ने किसानलाई प्रतिगाई भैसी बराबर पाचहजारका दरले प्रोत्साहनउपलब्ध गराईने नितितथाकार्यक्रममा समावेस गरिएको छ ।
प्राविधिकविषयमाउच्चशिक्षाअध्ययनगर्ने विधार्थीहरुको लागिअध्यापन गराउने संस्थालाई बैंक मार्फत बुझाइएको ऋणको ब्याजको भुक्तानीगर्न उच्चशिक्षाअध्ययनब्याज रकम सहयोग कार्यक्रम संचालनगरिने नितितथाकार्यक्रममा प्रस्तुतगरिएको छ । नगर प्रमुखयादवको सभापतित्वमाभएको नगरसभामाउपमहानगरपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, प्रमुखप्रशासकीयअधिकृत, कर्मचारी, संचारकर्मी, समाजसेवी बुद्धिजिवि लगायतको सहभागिता रहेको थियो ।




