चर्चित उद्योगपति डा.सुबोध कुमार गुप्ता

चर्चित उद्योगपति डा.सुबोध कुमार गुप्ता

राहुल गुप्ता
डा.सुबोध कुमार गुप्ता एक सफल उद्योगपति एवम् व्यवसायी हुन्। उनी नेपालमा मात्र नभई देशविदेशमा पनि व्यापार मार्फत नाम कमाएका व्यक्तित्व हुन । उनी धेरै जसो बाहिरको देशमा ब्यापार गर्दै आइरहेका छन । नेपाल उद्योग वाणिज्य महासंघको गत निर्वाचनमार्फत वस्तुगत संघका तर्फबाट कार्यकारीणी सदस्यमा निर्वाचित गुप्ता महासंघअन्तर्गतकै बैंक वित्तीय तथा बीमा समितिको उपसभापति भइककेका ब्यक्ति हुन।

डा.सुबोध गुप्ताले बिरगंज शहरबाटै आफ्नो व्यावसायिक यात्राको शुभारम्भ गर्दै सफलता प्राप्त गर्दै अगाडि बढिरहेका छन् ।दुई दशकअघिदेखि वीरगन्ज उद्योग वाणिज्य संघको कार्यसमितिमा रहेर काम गर्दै आएका गुप्ता हाल संगठनको अध्यक्ष सम्म बनेका ब्यक्ति हु। उनी मुख्य रुपले कृषि तथा खाद्यान्न क्षेत्र तर्फ ब्यापार गर्दै आइरहेका छन। उनी द्वारा संचालित मोहित ग्रुप नेपाल मै ख्याती कमाएको एउटा प्रष्ठित ग्रुप हो । यसको स्थापना सन् १९९० मा भएको हो। अहिले गुप्ता उक्त ग्रुपको प्रबन्धकको रुपमा काम गर्दै आएका छन ।

मोहित ग्रुप अफ कम्पनीले अहिले विभिन्न २० वटा भन्दा बढी जिल्लामा आफ्नो उपस्थिति जनाएको छ भने १० लाख भन्दा बढी ग्राहकको पहुँचमा मोहित ग्रुपका उत्पादन पुग्ने गरेको छ । कम्पनीले हाल त्रिलोकी, शहिल, बासुदेव र मोहित ब्राण्डबाट विभिन्न परिमाणमा गुणस्तरीय चामल उत्पादन गर्दै आएको छ । करिब ३०० जनालाई रोजगारी समेत दिलाएको ग्रुपलाई सही दिशा र गति दिन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका सुबोध कुमार गुप्ताको सार्थक सोच, अद्वितीय कार्यकौशलता तथा व्यवस्थापकीय क्षमताका कारण मोहित ग्रुप छोटो समयमा नै स्थापित हुन सफल भएको मान्न सकिन्छ । यसरी एक प्रतिष्ठित व्यावसायिक प्रतिष्ठान खडा गर्न सफल डा.गुप्तालाई सम्भावना बोकेका व्यवसायी नेताका रूपमा समेत हेरिंदै आइएको छ ।

उनको भनाइ अनुसारको हाम्रो देशमा कृषि क्रान्ति आवश्यक छ। राजनीतिक सूत्र र मान्यता लगाएर देश खोक्रो बनाउनुभन्दा कृषि पेशालाई मूल मन्त्र बनाएर देशको खाद्यान्न भण्डार भर्न पहल गर्न इच्छाशक्ति जरुरी छ। निर्णय क्षमता र इच्छाशक्ति दुवैलाई राजनीतिक कोणबाट नहेरी देशको भविष्यसँग जोड्ने हो भने कृषि क्षेत्रमा नै नेपालको भविष्य सुनिश्चित छ। अनि फ्रान्सको कृषि क्रान्तिको मन्त्र लिएका अहिलेका मुलुकहरूले नेपाललाई उदाहरणका रूपमा हेर्नेछन्। त्यसो हुँदा नेपाली ढुकुटी पनि समृद्ध हुने पक्का छ। कृषि एवम् औद्योगिक क्रान्तिबाट नै देशले समृद्धि हासिल गर्न सक्छ भन्ने सोच र भावनाबाट ओतप्रोत गुप्ताले देशको मुहार फेर्न सक्ने उत्पादनशील क्षेत्रमा लगानी विस्तार गरिरहेका मात्र छैनन् कि यसका अलवा पनि निजी क्षेत्रको तर्फबाट त्यस क्षेत्रलाई नेतृत्व समेत गरिरहेका छन्। डा.गुप्ता हाल चामल, दाल, तेल उत्पादक संघका केन्द्रीय अध्यक्ष समेत हुन । उक्त संघको नेतृत्व सम्हाल्दै गर्दा गुप्ताले नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउने दूरगामी सोच बोकेर अघि बढेका छन्। संगठन सुद्दीकरणको कार्य होस् वा राज्य स्तरमा निजी क्षेत्रको आवाजलाई बुलन्द पार्ने कार्य यस मामिलामा गुप्ताको कार्यकाल निकै सफल मानिन्छ।

खाद्य उद्योग क्षेत्रको विकास र उन्नयनमा निकै सक्रियतापूर्वक लागि पर्दै आएका गुप्तालाई व्यावसायिक बृत्तमा दूरदृष्टि भएका नेताको रूपमा लिइन्छ । युवा व्यवसायीहरू माझ निकै चर्चित गुप्ता नयाँ पुस्ताका लागि रोलमोडल बन्न सक्ने व्याकत राख्छन् । त्यसो त डा.सुबोध कुमार गुप्ता नेपालको व्यापारिक नगरी विरगञ्जवासीमाझ उत्तिकै चर्चित र लोकप्रिय छन् । उद्योगपति एवम्व्य वसायीहरूको शहरको उपमा पाएको वीरगञ्ज वास्तवमै नेपालको प्रमुख व्यापारिक केन्द्र हो । यसर्थ उनलाई समग्र निजी क्षेत्रले उद्योग वाणिज्य क्षेत्रका अनुभवी र दिग्गज स । गुप्तामा निहित प्रबल सोच, काम गर्ने तौरतरिका र सवल नेतृत्वदायी भूमिका उनका सकारात्मक पक्ष र प्रमुख विशेषता समेत हुन् । भावी दिनमा महासंघलाई होक्न सक्ने क्षमता भएको नेताको रूपमा समेतउनलाई हेरिन थालिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close