जगरनाथपुर गाउँपालिकाको बजेट ४४ करोड ३४ लाख

जगरनाथपुर गाउँपालिकाको बजेट ४४ करोड ३४ लाख

राहुल गुप्ता
पर्साको जगरनाथपुर गाउँपालिकाको ११ औं गाउँसभाबाट आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै झन्डै ४४ करोड ४४ लाख रुपैयाँको बजेट ल्याएको छ ।

नीति तथा कार्यक्रम बारे जानकारी दिदै जगरनाथपुर गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण यादवले स्वास्थ्य शिक्षा ,किसान रोजगार, भौतिक पूर्वाधार, बजारीकरण ,महिला बालबालिका को पोषण लगायत बिकाश कार्यका लागि जम्मा ४४ करोड ४४ लाख ६९ को बजेट ल्याइएको बताएका छन ।

गाउँपालिका प्रमुख श्रीकान्त यादवले जगरनाथपुर गाउँपालिकालाई शिक्षा ,स्वास्थ्य ,कृषि ,भौतिक ,तथा खेलकुद क्षेत्रमा पहिलो प्राथमिकता दिएर निति तथा कार्यक्रममा ल्याइएको बताए। उनले पालिकाले गुणस्तरीय शिक्षा कसरी दिने ,विद्यार्थीहरुलाई प्रोत्साहन गर्न योजना रहेको र बिधालय बाहिर रहेका विद्यार्थीहरुलाई बिधालय सम्म कसरी ल्याउने भन्ने बारेमा ठोस निति तथा कार्यक्रम मार्फत अगाडि बढाउने रहेको बताए ।कृषि क्षेत्रमा काम गर्ने किसानलाई छुट्टै प्रोत्साहन गर्ने सिचाइको ब्यवस्थापन गर्ने उत्पादन क्षेत्र ,खेलाडीहरुलाई अगाडि बढाउन ,तथा स्वास्थ्य क्षेत्र ,र भौतिक निर्माण जस्ता बिषयमा यसपटक आफ्नो पहिलो प्राथमिकतामा पारेको गाउँपालिका प्रमुख यादवले बताए ।

कार्यक्रमका प्रमुख अतिथी जनार्दन सिंह क्षेत्रीले अहिले जनप्रतिनिधिहरुले कहाँबाट कति भत्ता लिने र आफ्नो मात्र विकास गर्ने सोच लिएर अगाडि बढने हो भने जनताले त्यो हिसाबकिताब गरेर देखाउने क्षेत्रीले बताएका छन् । उनले भने अहिले सवारीसाधन तथा अनुगमनको नाममा भ्रष्टाचार भइरहेको छ त्यो राम्रो होइन हामीले जनताको विकास तथा गणतन्त्रलाई संस्थागत गरे मात्र देशको विकास हुने धारणा राख्नु भएको थियो।

निति तथा कार्यक्रममा मधेस प्रदेशका सदस्य शंकर चौधरी ,उपाध्यक्ष ,वडा अध्यक्षहरुको तर्फबाट विहारी महतो,लगायत विभिन्न नेता तथा अगुवाहरुको उपस्थित रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close