
वीरगंज, पर्सा
वडा प्रहरी कार्यालय बिर्ता पर्सा द्वारा विल विजक भन्दा बढी हार्डवेयर, कपडा लगायतका विभिन्न समानहरु सहित ट्रक नियन्त्रणमा लिएको छ।
व.प्र.का बिर्ता पर्साले विशेष सुचनाको आधारमा विल विजक भएका हार्डवेयर, कपडा लगायतका बिभिन्न समानहरु समेत ना.६ ख २४३४ नम्वरको ट्रकमा समान लोड गरी सर्लाही तर्फ लादै गरेको भन्ने प्राप्त सुचनाको आधारमा उक्त ट्रक गाडीलाई खोजतलास एवं पक्राउको लागि वडा प्रहरी कार्यालय बिर्ता बाट खटिएको प्रहरी टोलीले जिल्ला पर्सा वी.म.न.पा.वडा नं.१६ नगवा चोक स्थित बाईपास सडकमा ना.६ ख २४३४ नम्वरको ट्रक फेला पारी विल विजक चेकजाँच गर्दा केही विल विजकमा VCTS नपाईएको तथा विल वमोजिम VCTS नकाटेको पाईएकोले उक्त ट्रकलाई नियन्त्रणमा लिई ट्रकमा लोड रहेका माल सामानहरु अं. मुल्य रु.२४,७६,८६४।- (चौबिस लाख छयतर हजार आठ सय चौसठी) र ट्रकको मुल्य रु.१८,००,०००।- (अठार लाख ) कायम गरी जम्मा मुल्य रु.४२,७६,८६४।- ( बेयालिस लाख छयतर हजार आठ सय चौसठी मात्र) बराबरको ट्रक र सो ट्रक भित्र लोड रहेको माल समानहरु समेत आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको वडा प्रहरी कार्यालय बिर्ता का प्रहरी निरीक्षक बिदुर प्रसाद शिवाकोटी ले जानकारी दिए।




