जोर- बिजोरमा बिरगंजको बजार खोल्ने निर्णय भएको ७२ घन्टा नबित्दै बन्द गर्ने निर्णय , व्यवसायी अन्योलमा, उपभोक्ता मारमा ।

वीरगन्ज, जेष्ठ २५ गते आइतबार ।

जिल्ला प्रशासन कार्यालय पर्साले जोरविरोर प्रणालीबाट खोल्ने भनिएको वीरगन्ज बजार अर्को सूचना जारी नहुन जेल सम्मको लागि स्थगित गरेको छ । कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्रको २१ गते बसेको वैठकले आवश्यक स्वास्थ्य सम्बन्धि सुरक्षा सतर्कताका साथ जोर बिजोर प्रणालीमा बजार खोल्न दिने निर्णय गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय पर्साले व्यवसायीहरुलाई बिभिन्न बर्गमा बिभाजन गरी व्यवसाय संचालन गर्न दिने निर्णय गरेको थियो । त्यसको लागि जिल्ला प्रशासन कार्यालयले बार/गते र समय पनि तोकेको थियो । तर २३ गते साँझ बसेको कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले व्यवसायी तथा सेवाग्राहीले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्ड तथा सर्तहरुको पालनाको अवस्था हेर्दा संक्रमण फैलिन सक्ने देखिएको भन्दै तत्कालका लागि यस भन्दा पहिला प्रकाशित गरिएको निर्णय नं. २ को बुन्दा नम्बर ५ र ६ मा उल्लेख रहेको व्यवसाय बन्द गर्ने निर्णण गरेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले एक विज्ञप्ती प्रकाशित गरी तत्कालका लागि तोकिए बाहेकका व्यवसाय तथा पसल संचालन नगर्न भनेको छ । यति तोकिएको बाहेकका व्यवसाय संचालन गरेको पाएमा कानुन बमोजिम कारवाही हुने जिल्ला प्रशासन कार्यालय पर्साले चेतावनी दिएको छ ।यो सँगै यस भन्दा पहिला प्रकाशित गरिएको निर्णय नं. २ को बुन्दा नम्बर ५ मा रहेको इलेक्ट्रोनिक,इलेकट्रिक्ल, रेडिमेट, कपडा,कास्मेटिक पसलहरु तथा बुन्दा नम्बर ६ मा रहेको हार्डवेयर,मोटर साईकल तथा मोटर मोटर पार्ट, आटो वकर्स,सुनचाँदी तथा फर्निचर लगायतका पसलहरु संचालन हुन पाउँने छैन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close