
राहुल गुप्ता
बाराको कलैया उपमहानगरपालिकाले टी–२० विश्वकप क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टिमबाट सहभागी भई फर्किएका राष्ट्रिय क्रिकेट टिमका सदस्य अनिल साहलाई नगदसहित सम्मानित गरेको छ । कलैया निवासी साहलाई कलैया उपमहानगरपालिकाले १ लाख १ हजार रुपैयाँ प्रदान गरेर सम्मानित गरेको हो ।
कलैया उपमहानगरपालिकाका मेयर विनोद साहले पूर्व घोषणा अनुसार नेपाली टोलीका ब्ब्याटर साहलाई १ लाख १ हजार रुपैयाँको चेक हस्तान्तरण गरे।साहलाई मेयर साह र नगर खेलकुद विकास समितिका संयोजक महमद समिउल्लाहले संयुक्त रूपमा खादा ओढाएर कदरपत्रबाटपनि सम्मानित गरे।
आफ्नो प्रतिक्रिया दिनुहोस




