आदर्श कोतवाल गाउँपालिकाले ल्यायो ४५ करोड ५२ लाख ७८ हजारको बजेट

आदर्श कोतवाल गाउँपालिकाले ल्यायो ४५ करोड ५२ लाख ७८ हजारको बजेट

बाराको आदर्श कोतवाल गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८१÷०८२ का लागि करिब ४५ करोड ५२ लाख ७८ हजारको बजेट ल्याएको छ । गाउँसभामा गाउपालिका अध्यक्ष जवाहर प्रसाद साहले आगामी आर्थिक वर्षको बजेटमा चालू खर्चतर्फ रु. २५ करोड ७३ लाख ७८ हजार राखिएको छ,भने पुँजीगत खर्चतर्फ रु. १९ करोड ७९ लाख रकम विनियोजन गरिएको बताए ।

आउदो वर्षका लागि गाउँपालिकाले खर्च व्यहोर्ने स्रोतहरुमध्ये संघीय सरकारको अनुदानबाट रु. ४२ करोड, प्रदेश सरकारको अनुदानबाट रु. २ करोड ५१ लाख ७८ हजार र आन्तरिक आम्दानीबाट रु. १ करोड खर्च व्यहोर्ने गरी बजेट व्यवस्थापन गरिएको छ ।

गाउँपालिकाको नव निर्मित भवनमा भएको कार्यक्रममा बिशिष्ट अतिथि उपप्रमुख मीरा देवी,वडा अध्यक्षहरु सुनील कुशवाहा,मनोज मेहता,सुरेश यदुवंशी,शेख जवाहिर,रुपेश सिंह,राजू गुप्ता,जनक ठाकुर,हरी नारायण कुशवाहा,वडा सदस्यहरु रंजीत गुप्ता,नन्दलाल साह,लाल प्रसाद यादव,लखिन्द्र साह,श्री राम चरित्र माविका प्रअ दिनेश साह,युवा नेता राजेन्द्र यादव,उमेश साह,गुड्डू यादव,रामाकान्त साह,अजीम अंसारी,बिभिन्न शाखा प्रमुख,सञ्चारकर्मी लगायत कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रम सञ्चालन राम एकबाल यादवले गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य निमित्त प्रमुख प्रशासकीय अधिकृत महेश कुमार मिश्रले राखेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close