कञ्चनपुरबाट बालिका लगेर भारतमा बेच्ने २ जना २५ वर्षपछि पक्राउ

कञ्चनपुरबाट बालिकालाई लगेर भारतमा बेच्ने २ जना २५ वर्षपछि पक्राउ परेका छन्।

२०५२ माघ २५ गते १५ वर्षीया बालिकालाई ललाई फकाई भारतको दिल्लीमा लगेर बेच्ने कार्यमा संलग्न रहेका कञ्चनपुरको साविकको परासन गाविस वडा नम्बर ४ बस्ने मानबहादुर थापा र उनकी श्रीमती सुकमाया तामाङलाई प्रहरीले पक्राउ गरिएको हो।

२०५४ सालमा जिल्ला अदालत कञ्चनपुरको फैसलाले उनीहरु विरुद्ध जीउ मास्ने बेच्ने मुद्दामा ५ वर्षको कैद सजाय सुनाएको थियो।

त्यसपछि फरार सूचीमा रहेका दुवैलाई आइतबार पक्राउ गरी जिल्ला अदालतमा पेश गरिएकोमा अदालतले कैद भुक्तानका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए। दिनेशखबर

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close