
राहुल गुप्ता
अन्तर्राष्ट्रिय युवा दिवसको उपलक्ष्यमा नेपाली युवा उद्यमी मञ्च (NYEF) वीरगन्ज च्याप्टरले “क्लिकबाट प्रगतिः दिगो विकासका लागि युवा डिजिटल मार्गहरू” शीर्षकमा इम्प्याक्ट टक शृंखला आयोजना गरेको छ।
कार्यक्रममा खल्तीका चीफ बिजनेस अफिसर अविनाश गुप्ता सम्बोधन गर्दै अहिले युवाको मुख्य समस्या वेरोजगार रहेको छ । स्वदेशमा रोजगारी र उद्यमशीलताको अवसर नहुँदा वार्षिक सात लाखभन्दा बढी युवा रोजगारीका लागि विदेशमा जाने गरेको विभिन्न सरकारी तथ्याङ्क रहेको छ ।
उनले सबैले युवाको चिन्ता गर्ने गरेको तर कसैले पनि व्यवस्थापन नगरेको गुनासो गरे । उनले युवालाई शासन प्रक्रियामा हिस्सादार बनाए मात्र युवाका समस्या समाधान हुने बताए । “अहिले युवाको समस्या ठूलो समस्या बेरोजगार रहेको छ,” उनले भने, “रोजगार र उद्यमशीलता बनाउनका लागि सब मिलेर काम गर्नु पर्ने बताए ।
आज भएको उक्त कार्यक्रमका अध्यक्षता नेपाली युवा उद्यमी मञ्च वीरगन्जका पंकज अग्रवालले गरेका थिए भने कार्यक्रममा वीरगन्जका ठाकुर राम क्याम्पस,वीरगन्ज पब्लिक कलेज,ममता बिद्या कलेज,ग्लोबल कलेज,एन.आई.कलेज लगायत विभिन्न कलेजका विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमको उद्वघाटन मन्तव्य नेपाली युवा उद्यमी मञ्च वीरगन्जका प्रथम उपाध्यक्ष विश्वास शाह गरेका थिए भने समापन तथा सहजीकरण मोहित गुप्ता गरेका थिए





