
राहुल गुप्ता
सुनचाँदी व्यवसायी संघ पर्साको निर्वाचनलाई लक्षित गर्दै अध्यक्षका उम्मेदवार प्रवेश सर्राफले आफ्नो पंक्षमा प्रचारप्रसारमा तिव्रता जनाएका छन।
यही साउन ३२ गते शुक्रवारको दिन हुने सुनचाँदी व्यवसायी संघ पर्साको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार प्रवेश सर्राफको प्यानलबाट रामनरेश प्रसाद,जयप्रकाश सर्राफ, मणीहर्ष शाक्य,लक्ष्मण प्रसाद, हिरालाल सर्राफ,सुरज सर्राफ, गणेश कुमार सोनार,अनिल सर्राफ, विश्वनाथ स्वर्णकार (राजु),प्रदीप कुमार सर्राफ, शुबाष साह सोनार,महिला पुजा देवी रहेका छन।
अध्यक्षपदका उम्मेदवार प्रवेश सर्राफ लाई निरज इन्टरप्राइजेजका प्रोप्राइटर निरज सर्राफ,मुना सर्राफ लगायत बिभिन्न प्रतिष्ठित व्यवसायीहरूले प्रवेश सर्राफको प्यानल लाइ जिताउन समर्थन रहेको छ। सर्राफले जहिले पनि सुनचाँदी व्यवसायी संघको हकहितमा का लागि सधै लडि रहने कुनै पनि सुनचाँदी व्यवसायी माथि कुनै किसीमको समस्या परे लगतै २४ सै घण्टा दुख र सूखमा साथ दिदै आइरहेको बताए।
साथै सर्राफको चुनावी घोषणापत्र यसप्रकारको रहेको छ:- संघमा आवद्ध सम्पूर्ण व्यवसायीलाई लाग्दै आएको दरभाउको पैसा अब उपरान्त एक पैसा पनि नलाग्ने पुरा फ्री नविकरण शुल्क मात्र लिई नविकरण गर्ने ।
सम्पूर्ण व्यवसायीहरुको पसलमा भएको सुनचाँदी तथा गरगहनाको डाटा संकलन गरी बिल तीन महिना भित्र उपलब्ध गराउने व्यवस्था गर्ने ।
ग्राहकसँग पुरानो गरगहना खरिदमा व्यवसायीहरुले भाग्दै आएको झमेला अब जिल्ला प्रहरी कार्यालयमा हेल्प डेस्क स्थापना गरी खरीद भरपाई भरी पुरानो गहना खरीदमा आउने
समस्याको अन्त्य गर्ने ।
प्रत्येक वर्षमा २ पटक व्यवसायीलाई भेला गराई निती नियम बिलबिजक,खाता,वही,रखारखावको प्रशिक्षण गराउने ।
प्रत्येक वर्ष साधारण सभा गरी व्यवसायीलाई आर्थिक कारोबारको पारदर्शी गरी साधारण सभामा पेश गर्ने ।
सम्पूर्ण व्यवसायीहरुको लागि संघको अफिसमा एउटा टंच मसिन राख्ने तथा निःशुल्क टंच गर्ने व्यवस्था मिलाउन पहल गर्ने ।
संघको सम्पूर्ण व्यवसायीलाई सुरक्षित व्यवसाय संचालनका लागि संघको आन्तरिक अनुगमन गरी प्रशिक्षण गराउने ।
संघको कार्यालय निजी घरमा नराखी सबै व्यवसायी साना देखी ठूलासम्मको पहुँच पुग्ने गरी सार्वजनिक ठाउमा कार्यालय राख्ने ।
यस व्यवसायलाई मर्यादीत बनाउन सरकारी निकाय संघ जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय,आन्तरिक राजस्व कार्यालय, वाणिज्य कार्यालय, नापतौल कार्यालयका प्रमुखज्यूहरुसँग अन्तरक्रिया गरी माईन्युटमा निर्णय गराई अनुगमनबाट भय रहीत किसिमले व्यवसाय संचालन गर्ने वातावरण बनाउने ।
व्यवसाय मर्यादित बनाउन कालीगढ संघबाट समन्वय गरी ज्याला जर्ती एकरुपता कायम गर्न आवश्यक पहल गरी समाधान गर्ने ।
निर्वाचित भएको १०० दिनमा व्यवसायी भेला गराई विश्वासको मत लिने अल्पमतमा परे सल्लाह सुझाव लिइ अगाडि बढने।
विगतमा पनि भएको र अब आउने समस्याका लागि एउटा निडर कुनै पनि कार्यालयमा बोल्न सक्ने कुनै पनि समस्यामा गहकीलो आवाज उठाउन सक्ने डटेर सामाधान गर्न सक्ने व्यक्तिलाई यस व्यवसायी संघको लिडर बनाउने सम्पूर्ण व्यवसायीहरुमा अध्यक्षपदका उम्मेदवार प्रवेश सर्राफले हार्दिक आग्रह
गरेका छन।




